नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथा नेपाल सरकारको गृहमन्त्रालयलगायत विभिन्न मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभएका कुशल संगठनकर्ता स्वर्गीय खुमबहादुर खड्काको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।
मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुर सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेता खड्काको निधनले मुलुकको राजनीतिकै लागि ठूलो क्षति भएको बताउँदै प्रजातन्त्रका लागि आजिवन संघर्ष गर्नुभएको नेता खड्काको आत्माले शान्ति पाओस भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभा बोल्दै प्रदेशसभा सदस्य विजुला बर्मा, पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, नेविसंघ सभापति राजु खतिवडाले लोकतान्त्रिक आन्दोलनमा महत्वर्ण भूमिका खेलेका खड्काले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गरेका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुको साथै पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रूपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा ३ नम्बर प्रदेश सभा सदस्यहरु निमा लामा, छिरिङ दोर्जे लामा, पुकार महर्जन, सन्तबहादुर प्रजा, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, प्रभात दाहाल, जिल्ला सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरुलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
फागुनमा ४ हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचार हुन नसकेपछि लगत्तै फागुन ६ मा खड्काको मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहनु भएका खड्काको चैत १६ गते शुक्रबार साँझ निधन भएको हो । २००८ साल जेठ १२ गते दाङको तत्कालीन धर्ना गाविस– ६ मा जन्मिनुभएका उहाँका श्रीमती, एक छोरी र एक छोरा छन् ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago







No comments:
Post a Comment