हेटौँडाको २५ मिटर सडक फराकिलो पार्नको लागि प्रधानमन्त्री कार्यालयले चासो - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

हेटौँडाको २५ मिटर सडक फराकिलो पार्नको लागि प्रधानमन्त्री कार्यालयले चासो

Share This

हेटौँडाको निकै चर्चाको रुपमा रहदै आएको २५ मिटर प्रसंगले फेरिपनि चर्चा पाएको छ । प्रदेश नंबर ३ को राजधानीको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा २५ मिटर सडक फराकिलो पार्नको लागि प्रधानमन्त्री कार्यालयले चासो दिएपछि सडक डिभिजन कार्यालयले गृहकार्य सुरु गरेको छ ।
प्रधानमन्त्री कार्यालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई सडक विस्तारको काम अघि बढाउनको लागि निर्देशन दिएपछि सडक डिभिजन कार्यालय हेटौँडाले तयारी थालेको हो ।
२५ मिटर सडक विस्तारको लागि पहलको लागि हेटौँडा उपमहानगरपालिकाले प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरेपछि प्रधानमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौँडाले आवश्यक तयारी समेत सुरु गरिसकेको जनाएको छ ।
सडक फराकिलो नहुँदा हेटौँडा उपमहानगरपालिकाको बजार ब्यवस्थापन गर्न समेत समस्या भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले गत साउन ३ गते प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको थियो । उपमहानगरपालिकाकै अनुरोधपछि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो ।
यस अघि पटक पटक सडक फराकिलो अभियान सुरु भएपनि स्थानीयवासी, मकवानपुर उद्योग वाणिज्य संघको आन्दोलनको कारण विस्तार अबरुद्ध हुँदै आएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages