अब हेटौंडामा आफै झोला ल्याएमा झोलाको रकम छुट दिन व्यापारिलाई आग्रह - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

अब हेटौंडामा आफै झोला ल्याएमा झोलाको रकम छुट दिन व्यापारिलाई आग्रह

Share This

     
  जनसारेकार केन्द्र मकवानपुरको मिति २०७५।०३।०३ गतेको बैठकले हेटौडालाई प्लाष्टिक मुक्त भनि घोषणा गरिए पनि व्यवहारमा लागु नभएको र प्लाष्टिकको झोलाको कारणले सबै ठाँउमा नाराम्रो प्रभाव परेकोले प्लाष्टिक झोला नियन्त्रणको लागि पसलमा सामान खरिद गर्न आउने ग्राहकहरुले आफै झोला लिई आएमा झोला बराबरको रकम ग्राहकहरुलाई छुट वा फिर्ता दिने र आफै झोला ल्याउन ग्राहाकहरुलाई प्रोत्साहित गर्नुहुन सबै व्यापारिहरुलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
               त्यसै गरि ३ न. प्रदेशको राजधानी हेटौडा बनाउने अभियान अन्र्तगत ३ न. प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनितिक पार्टीहरुका केन्द्रिय कार्यालय र राष्ट्रपति कार्यालयमा ध्यानाकर्षण–पत्र दर्ता गराउन सहयोग गर्ने सबै राजनितिक पार्टी र संघसंस्थाका प्रतिनिधि एवं सवारी साधन उपलब्ध गराउने सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै यस्तो सहयोग सधै गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
    ध्यानाकर्षण पत्र बुझाउन जाँदा राजनितिक पार्टीको तर्फबाट निम्न सुझाबहरु प्राप्त भएकोले यी सुझाबहरुका बारेमा मुख्य मन्त्रि, प्रदेश सभाका सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
१)  सभासदहरुलाई छोटो छोटो समयमा प्रदेश सभाको बैठक राख्दा निर्वाचन क्षेत्रमा पुग्यो १,२ दिनमा फेरि बैठकमा आयो गर्न पर्ने समस्या भएकोले प्रदेश सभाको बैठकको कार्यसुचि जम्मा गरि लामो समय पछि बैठक राख्ने र आवश्यक कामहरु एकैचोटी सम्पन्न गर्नु उपयुक्त रहेको ।
२)  प्रदेश सभामा लगभग १, देखी दुई महिना मात्रै निति निर्माणको तहमा उपस्थित हुनुपर्ने तर कोठा भाडामा लिदा १२ महिनाकै रकम तिर्नु पर्ने भएकोले हेटौडामा आएको बेलामा एकै ठाउँमा सामुहिक बसोबास गर्ने व्यवस्था गरेमा काम छउन्जेल बस्ने र काम सकिएपछि जान सजिलो हुने भएकोले सभासदहरुलाई राज्यले सामुहिक बसोबासको व्यवस्था गर्नु उपयुक्त हुने ।
३) सभासदहरुले  राज्यको भन्दा  व्यक्तिगत स्वार्थका कारण राजधानि सार्ने कुरा गरेकोले आम जनतालाई काठमाडौ उपत्यका आसपासमा राजधानि बनाएमा धेरै कुराको अशर पर्ने कुराको जानकारि गराउन उचित प्रचार प्रसार गर्नु पर्ने ।
४) फखेल सिस्नेरीको बाटोलाई मर्मत गर्न हप्तैपिच्छे अनुगमन गरि बैकल्पिक बाटो कान्तिराजपथको म्याद अशार सम्म रहेकोले समयमा नै पुरा गराई आवत जावतमा सहज बनाउनु पर्ने ।
 ५) आफ्नो सवारि नभएका सभासदहरुलाई काठमाडौ सम्म आउन जानको लागि संसद चल्ने समएमा ल्याउने र लाने व्यवस्थाराज्यले गर्नु पर्ने ।             
अधिबक्ता ध्रुब प्रसाद चौलागाई
संयोजक
जनसरोकार केन्द्र, मकवानपुर,2075/03/03

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages