हेटौडा: ई. रिक्सा मजदुर र जन सरोकार केन्द्र मकवानपुर जिवन बचाउने कार्यमा सक्रिय - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

हेटौडा: ई. रिक्सा मजदुर र जन सरोकार केन्द्र मकवानपुर जिवन बचाउने कार्यमा सक्रिय

Share This
   आज २०७५।०१।०८ गते अटो तथा ई.रिक्सा व्यवसायी केन्द्र हेटौडा मकवानपुरको आयोजना, जन सरोकार केन्द्र मकवानपुरको सहयोग र जिल्ला रेडक्रश सोसाईटी मकवानपुरको प्राबिधिक सहयोगमा हेटौडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
         अटो तथा ई.रिक्सा व्यवसायी केन्द्रको केन्द्रिय अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि सुधिर थापाले रगत अभावको कारणले कुनै पनि गरिब, असहाय र निमुखा व्यक्तिहरुले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएकोले यस्ता कार्यक्रम देश भरि सबैले सञ्चालन गर्नुपर्ने बताउनु हुदै कार्यक्रममको उदघाटन गर्न‘ भएको थियो ।
     बिशेष अतिथि जन सरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुब प्रसाद चौलगाईले रक्तदान जिवन दान भएकोले रक्तदान गर्न कसैले डराउनु नपर्ने कुरा बताउनु हुदै जन सरोकार केन्द्र, मकवानपुरले आम सरोकारका सबैको हित हुने निर्विवादित कार्यहरु जोसुकैसंग पनि मिलेर गर्ने भएकोले सबैको हितका कामहरु गर्न सहयोग आवश्यक परे जन सरोकार केन्द्र मकवानपुरलार्इ सम्झन आग्रह गर्नु हुदै केन्द्रले सक्दो सहयोग गर्ने बताउनु भएको थियो ‘
              उक्त  कार्यक्रममा अटो तथा ई. रिक्सा व्यवसायी केन्दका संस्थापक रमेश कार्की, जन सरोकार केन्द्र मकवानपुरका सदस्यहरु बलकृष्ण चौलागाई, प्रदिप कोईराला, बिनोद रिजाल, यादब गजुरेल, प्रमिला के .सीं, उदय चौलागाई, त्यसैगरि नेपाल अटो तथा ई.रिक्सा व्यवसायी मजदुर यूनियन मकवानपुरका अध्यक्ष शिव थापा, अखिल नेपाल विद्युतिय तथा अटो रिक्सा श्रमिक संघका अध्यक्ष कृष्ण रेग्मी, नेपाल अटो ई.रिक्सा व्यवसायी संघ मकवानपुरका अध्यक्ष भिम प्रसाद गौतम, अखिल नेपाल विद्युतिय तथा अटो रिक्सा श्रमिक संघका उपाध्यक्ष रमेश चौलागाई, नेपाल अटो ई.रिक्सा व्यवसायी संघ मकवानपुरका महासचिब नवराज घिमिरे, नेपाल अटो तथा ई.रिक्सा व्यवसायी मजदुर यूनियन मकवानपुरका सचिब टेक प्रसाद न्यौपाने, नेपाल अटो तथा ई.रिक्सा व्यवसायी मजदुर यूनियन मकवानपुरका सल्लाहाकार रुकमणी न्यौपाने समाजसेवी सुमन श्रेष्ठ समेतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमख अतिथि र अतिथि लगायतका ६८ जनाले रक्तदान गर्न‘ भएको थियो ।

Photo Feature 




























No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages