काव्यकृति ‘वसन्त’ को आज लोर्कापण - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

728x90_v5
demo-image

काव्यकृति ‘वसन्त’ को आज लोर्कापण

Share This
कवि वसन्त चौधरीको नौ भाषामा लेखिएको चौथो काव्यकृति ‘वसन्त’ को आज लोर्कापण गरिएको छ ।

कवि तथा उद्योगपति चौधरीको ६० औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँद्वारा रचित काव्य नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, जनकवि दुर्गालाल श्रेष्ठ, साहित्यकार भुवन ढुंगाना, प्राज्ञ प्रा उषा ठाकुर, पण्डित मानवेन्द्र शर्मा, भाषाशास्त्री डा रामावता

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको सहकार्यमा प्रकाशित कृति लोर्कापण कार्यक्रममा कुलपति उप्रेतीले नेपाली साहित्य इतिहासमा एक कृतिलाई धेरै भाषामा अनुवाद गरी प्रकाशन गरिएको ‘वसन्त’ पहिलो कृति भएको जिकिर गर्दै उहाँका कृतिले पाठकलाई आत्मविश्वास र साहस दिएको बताउनुभयो ।

जनकवि श्रेष्ठले चौधरीमा पनि बहुभाषिक दख्खल रहेको अनुभव सुनाउनुभयो ।
आख्यानपुरुष गोतामे, साहित्यकार ढुंगाना, प्रा ठाकुरलगायतले साहित्यकार चौधरीका कृतिमा जीवन भोगाइ र प्रेम तथा भावनाको सरल प्रस्तुति पाइने बताउनुभयो । कृति संग्रहको समीक्षा गर्दै प्रा अभि सुवेदीले सो कृतिले नेपाली साहित्यलाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कवि चौधरीले व्यवसाय, साहित्यिक सिर्जना र सेवामा निरन्तर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । कृति नेपालभाषामा सुरेशकिरण मानन्धर, अंग्रेजीमा डिबी गुरुङ, हिन्दीमा गोपाल अश्क, मारवाडीमा लक्ष्मण नेवटिया, मैथिलीमा धीरेन्द्र प्रेमर्षि भोजपुरीमा गोपाल ठाकुर, तामाङमा फूलमान बल र बंगालीमा राजेन्द्र गुरागाईँले अनुवाद गर्नुभएको हो । नेपाली कवितासंग्रहको सम्पादन डा देवी नेपाल गर्नुभएको छ । उहाँका यसअघि ‘मेघा’ (हिन्दी र नेपाली), ‘मेरा कविताहरू’(नेपाली) र ‘आँशुओँ की स्याहीसे’(हिन्दी) गरी तीन कवितासंग्रह प्रकाशन भइसकेका छन् । रासस

र यादव, आख्यानपुरुष धु्रवचन्द्र गौतम, भाषाविद् अमृत योञ्जन र संगीतकर्मी नुपूर भट्टाचार्यले संयुक्त रुपमा लोकार्पण गर्नुभयो । कृति अंग्रेजी, हिन्दी, नेवारी, मैथिली, भोजपुरी, तामाङ, बंगाली र मारवाडी भाषा गरी आठ भाषामा अनुवाद गरिएको छ ।
Comment Using!!

No comments:

Post a Comment

Post Bottom Ad

Pages