निर्वाचनको परिणामले पिडामा छु,आक्रोश छु त्यसबाट निक्लने प्रयासमा छु: गगन थापा - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

निर्वाचनको परिणामले पिडामा छु,आक्रोश छु त्यसबाट निक्लने प्रयासमा छु: गगन थापा

Share This
हेटौंडा १७ बैशाख,भर्खरै सकिएको निर्वाचनको परिणामलाई लिएर पुर्व स्वास्थ मन्त्री एवम् नेपाली काँग्रेस केन्द्रिय सदस्य गगन थापाले भने निर्वाचनको परिणामले पिडामा छु,आक्रोश छु त्यस पीडा बाट निक्लने प्रयत्नमा आत्मविश्वास सङ्कल्प राखेको छुू।विगतका कुरा निर्वाचन नतिजा चर्चा गर्नु छ,अनुशासन भित्र बस्नु चर्चा गर्नु छ उनले थपे ।
सोमबार हेटौंडामा भयको नेपाली काँग्रेसको जिल्ला सम्मेलनमा बोल्दै थापाले निर्वाचन काङ्ग्रेसले नै गराएको स्मरण गर्दै यो बिचमा निर्वाचनमा हार बेहोर्नु दुस्खदायि ब्यक्त गरे।आगामी पाँच वर्ष भित्र काँग्रेस पहिलो पार्टीको रुपमा स्थापित हुने दावी गर्दै काङ्ग्रेसले अब गाउँ गाउँमा संगठनहरु विस्तार गर्नु पर्नेमा जोड दिनुभयको छ।
यस्तै जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जिल्ला सम्मेलनमा बोल्दै भने काङ्ग्रेसले निर्वाचन गरेर आफ्नो जिम्मा पूरा गरेको छ,संविधान जारी व्यवस्था गर्न सफल भयको छ।
जिल्ला सम्मेलनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले आर्थिक प्रतिवेदन र सचिव बुद्ध लामाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, नेता उमा दाहाल,बकैया गाउपालीकाका अध्यक्ष दामोदर खनाल,पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जयराम लामिछाने, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, नगर अध्यक्ष आननदराम पराजुलि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाली काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages