बिज्ञ र मकवानपुरका सभासद नरहेको ३ न. प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समिति अस्वीकार्य - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

बिज्ञ र मकवानपुरका सभासद नरहेको ३ न. प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समिति अस्वीकार्य

Share This
     
 नेपालको संविधान 2072 को धारा 288 (3) बमोजिम हेटौडामा तोकिएको ३ नं  प्रदेशको राजधानिलाई विवादित बनाउने गरि राजधानीको सम्भाव्यता अध्ययन गर्ने भनि समिति निर्माण हुनु भनेको हेटौडाको बिकल्प खोजिनु भएकोले यो बिषयमा यस केन्द्रको गम्भिर असहमति रहेको छ । 
     सम्भाव्यता अध्ययन गर्ने कुरा सभासद ज्युहरुवाट भन्दा बिषय बिज्ञहरुबाट हुनु पर्नेमा सभासद ज्युहरुलाई मात्रै समितिमा राख्ने कुराले सत्य तथ्य अध्ययन हुन सक्दैन की भन्ने हाम्रो आशंका रहेको छ ।
       अर्को तर्फ तीन नं प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्ने समितिमा राजधानी रहेको मकवानपुर जिल्लावाट एक जना पनि सभासद नपर्नुले समिति अधुरो समेत रहेको र यस्ले गर्ने अध्ययनको निश्पक्षतामा समेत शंका रहने हुनाले बिषय बिज्ञहरु र मकवानपुर जिल्लाका एक जना सभासद समेत पर्ने गरि राजधानी सम्भाव्यता अध्ययन समिति वनाउन सम्बन्धित निकाएको ध्यानाकर्षण गराउदै यो प्रेश बिज्ञप्ति प्रकाशित गरिएको छ । 
   
संयोजक ध्रुब प्रसाद चौलागाई                                                                         जन सरोकार केन्द्र, मकवानपुर,  
२०७५।०१।१५

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages