मंगलग्रहमा गहिरो खाडल बनाउने अन्तरीक्ष यान मे ५ मा प्रक्षेपण गरिँदै - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

मंगलग्रहमा गहिरो खाडल बनाउने अन्तरीक्ष यान मे ५ मा प्रक्षेपण गरिँदै

Share This
नासाले पुन मंगलग्रहमा अन्तरीक्ष यान पठाउँदैछ । यो पटक पठाउन लागेको अन्तरीक्षयानलाई त्यहाँ गहिरो खाडल बनाउने हिसाबले निर्माण गरिएको छ । नासाले यो उपकरणले त्यहाँ हुने कम्पनको कारण पत्ता लगाउने उद्देश्य लिएको छ ।
‘इन्साइट’ नामक अन्तरीक्षयानलाई मे ५ मा प्रक्षेपण गरिँदैछ । यसलाई भ्यान्डेनवर्ग एअर फोर्स बेस क्यालिफोर्नियाबाट एटलास भी ४०१ रकेटबाट पठाइने छ ।
पहिलो पटक नासाले अमेरिकाको पश्चिमी किनारबाट अन्तरीक्ष प्रक्षेपण गर्न लागेको हो । नासाका पहिलेका अन्तरग्रहीय मिसनहरु पूर्वी किनारामा रहेको ‘केनेडी स्पेस सेन्टर’बाट पठाइन्थो ।
यदी सबै कुरा योजना अनुसार भयो भने ६ महिनाको यात्रापछि यो ३८५ किलोको अन्तरीक्ष यानले नोभेम्बर २६ मा मंङ्गलग्रह छुनेछ ।
यसअघि नासाले मंगलग्रहमा पाँचवटा अन्तरीक्ष यान पठाइसकेको छ ।

यो मिसनका प्रमुख अनुदाता ब्रुस बेनड्र्टले इमेलमार्फत उनी ‘मंगललाई लिएर ८ वर्षको उमेरदेखिनै निक्कै उत्साही’ भएको र हाल मंगलमा अन्तरीक्षयान पठाउने उत्साह ‘निक्कै गाढा हुदैं गएको’ बताए ।
बनड्र्टले ‘इन्साइट’ले नासाको मंगल अन्वशणमा पहिले रहेको अज्ञानता हटाउने विश्वास गरे ।

“हामीले सम्पूर्ण ग्रहको सतहको देखिएको भागको गुण, सतह, गुरुत्व र चुम्बकिय क्षेत्रलाई नापिसकेका छौं”, उनले भने ,“हामीले त्यसको सम्पूर्ण वायुमण्डल तथा सतहको अध्ययन गरिसकेका छौं । हामीले चार विभिन्न स्थानमा अन्तरिक्षयानलाई डुलाई सकेका छौं । यसबाट हामीले त्यहाँको भूगर्भ अध्ययन ग¥यौं । तर हालसम्म त्यस ग्रहको एक माइलभन्दा तलको अवस्थाबारेमा हामीलाई केही थाहा छैन ।”
उनले थपे, “इन्साइटले त्यो अज्ञानतालाई एक पटकमै बदलिदिनेछ ।”

इन्साइटले पहिलो पटक मंगलग्रहको भित्री विस्तृत नक्सा दिनेछ र बनड्र्टले त्यो नक्साले विज्ञानलाई कति सहयोग गर्नेछ भनेर बताउन गाह्रो भएको बताए । तर, पृथ्वीभन्दा १२ करोड किलोमिटर टाढा रहेको ग्रहमा कसरी अध्ययन गरिन्छ रु

‘इन्साइट’को आफ्नै चक्का छैन त्यसैले एक पटक जहाँ अवतरण गर्यो यो त्यहाँ स्थीर रहनेछ । यसमा २।४ किलोमिटर लामो हात हुनेछ जसले जमिनमा सिस्मोमिटर राख्नेछ र मङ्गलको भूकम्प नाप्नेछ ।
त्यसमा रहेको अर्को उपकरणले जमिनमा ५ मिटर खन्नेछ । यो हाल सम्म मानिसले मंगलमा बनाएको सबैभन्दा गहिरो खाल्डो हुनेछ ।

यसको हातमा क्यामेरा हुनेछ जसले रङ्गित ३–डी तस्बिरहरु खिच्नेछ । अन्तरीक्षयानमा रहेको दोश्रो क्यामेराले फराकिलो एङ्गल प्रदान गर्नेछ ।

“पहिलो तस्वीर अबतरणको एक घन्टाभन्दा कम समयमा खिचिनेछ र पृथ्वीमा एक दिन भित्र प्राप्त हुनेछ ”, बनेड्र्टले भने “एक हप्ताभित्र अबतरण क्षेत्रको तस्बिर प्राप्त भइसक्नेछ ।”

‘इन्साइट’ले रेडियो प्रणाली प्रयोग गरेर मंगलको उत्तरी धुर्वमा रहेको कम्पन नापेर यो ग्रहको सहि आकार थाहा पाउन पनि सहयोग गर्नेछ ।र अन्त्यमा, बनड्टको अनुसार ‘इन्साइट’मा मंगल ग्रहमा पठाइएको मध्य सबैभन्दा राम्रो मौसम केन्द्र हुनेछ । यसले त्यहाँको दबाब, वायु र तापक्रम मंगल ग्रहको एक वर्ष सम्म मापन गर्नेछ ।”

‘इन्साइट’को प्राथमिक मिसन एक वर्षको लागि हुनेछ तर यदी सबै कुरा राम्रो भयो भने यसमा विस्तार गरिनेछ ।

नासाको यो अन्तरिक्षयानसँगै दुई सुटकेस आकारको अन्तरिक्षयानहरु पनि एकै रकेटमा प्रक्षेपण गरिदैछ । नासाले ति उपकरणलाई इन्साइटलाई पछ्याउने हिसाबले बनाएर तिनमार्फत पृथ्वीमा सिग्नल पठाउने परिक्षण गर्न लागेको छ ।

“मारको–ए र मारको–बी नाम दिइएका यी दुई साना अन्तरिक्षयानले अन्तरिक्षमा नयाँ सम्भावन खोल्दै छ ।” नासाका प्रमुख इन्जिनियर एण्डी क्लेशले भने ,“यो नयाँ प्रविधिको महत्वपूर्ण परिक्षणले नासाले भविष्यमा सौर्य मण्डलको खोजमा सघाउनेछ ।”

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages