ओली र प्रचण्डको एन्टी करेन्ट जान सक्ने क्षमताका कारण एकता: गोकुल बास्कोटा (सूचना तथा सन्चार राज्यमन्त्री) - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

728x90_v5
demo-image

ओली र प्रचण्डको एन्टी करेन्ट जान सक्ने क्षमताका कारण एकता: गोकुल बास्कोटा (सूचना तथा सन्चार राज्यमन्त्री)

Share This
५ जेठ, काठमाडौ । 
सूचना तथा सन्चार राज्यमन्त्री गोकुल बास्कोटाले ७० वर्षदेखि नेपाली कांग्रेसको वरिपरि घुमिरहेको राजनीति अब सम्पूर्ण रुपमा कम्युनिस्ट पार्टीको कमाण्डमा पुगेको बताएका छन् । सुर्खेतमा शनिवार आयोजित एक कार्यक्रममा कम्युनिस्ट पार्टीका नेता समेत रहेका बास्कोटाले अब नेपाल कम्युनिस्ट पार्टीले लोकतान्त्रिक ढंगले मुलुक सन्चालन गर्ने बताए ।

ब्ाास्कोटाले कम्युनिस्ट पार्टीलाई पूरानै ढंगले नोकरशाही तरिकाबाट चलाउन खोजिए सोभियत संघ बिघटन भएजस्तै दुर्घटना हुनेतर्फ नेतृत्व सचेत बन्न सुझाव समेत दिए । कम्युनिस्ट पार्टीको कमाण्ड लोकतान्त्रिक हुनुपर्ने उनले बताए ।
ब्ाास्कोटाले भने, ‘अब कांग्रेस मुलुक हाँक्ने अवस्थामा रहँदैन, कम्युनिस्ट पार्टीको नेतृत्वमा देश अघि बढ्ने हो । तर पार्टी सन्चालन लोकतान्त्रिक बिधिबाट भएन र नोकरशाही ढंगबाट चलाउन खोजियो भने सोभियत संघजस्तै बिघटन हुनसक्छ,त्यसमा हामी सचेत हुनुपर्छ ।’

कम्युनिस्ट पार्टीको सरकार निरंकुश हुन्छ कि भन्ने वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीको आशंका निवारण गर्दै सोही कार्यक्रममा मन्त्री बास्कोटाले कम्युनिस्ट नेतृत्वमा अझ बढी लोकतन्त्रको अभ्यास गर्न पाइने बताए । उनले कांग्रेस आफैंले संविधानमा समाजवाद स्वीकार गरेको स्मरण गराउँदै समाजवादतर्फ जाने कदम निरंकुश नहुने प्रष्ट पारे ।

राज्यमन्त्री बास्कोटाले केपी ओली र प्रचण्डमा ‘एन्टी करेन्ट’ जान सक्ने क्षमता रहेकै कारण कसैले नसोचेको पार्टी एकता सम्भव भएको बताए । आफूले दुई वर्षअघि प्रचण्ड प्रमुख अतिथी भएको काभ्रेको एक कार्यक्रममा कम्युनिस्ट पार्टीका बेग्ला बेग्लै पसल बन्द गर्न दिएको सुझाव अहिले कार्यन्वयन भएको बताए ।

बास्कोटाले भने-पुष्पलाल र मदन भण्डारीपछि एन्टी करेन्ट जान सक्ने हिम्मत भएका नेता ओली र प्रचण्ड हुन् । मैले त्यो बेलै प्रचण्डलाई भनेको थिएँ अलग अलग पसल बन्द गरौं, यो हिम्मत तपाई र ओलीसँगमात्र छ । अहिले जुन एकीकरण भएको छ दुई नेताको एन्टी करेन्ट जान सक्ने क्षमताका कारणमात्र सम्भव भएको हो ।
Comment Using!!

No comments:

Post a Comment

Post Bottom Ad

Pages