प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा

Share This
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुलिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो ।
तर, चीनले समय नमिल्ने भन्दै सम्मेलनको दुई सातापछि प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तयारी गरेको छ । सांघाई कोअपरेशनको सम्मेलन जुन ९-१० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जानेछन् ।
यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा बोआओ फोरममा नेपालको सहभागिता गुमेको थियो । यो सम्मेलन अप्रिल ८ देखि ११ सम्म हुनानमा भएको थियो ।
त्यसबेला ओली भारतको राजकीय भ्रमणमा थिए । प्रधानमन्त्री ओलीको भारत भ्रमण लगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए । यो भ्रमण प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका रुपमा हेरिएको थियो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages