काठमाडौँ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ले फेसबुक लाइभ मार्फत बोलेको कुरा हामीले जस्ताको जस्तै राखेको छौँ ।
उनको भनाइ यस्तो छ
म चुडामणि उप्रेती मेरो घर इटहरा । म जन्मेको इटहरा । मेरो घर उर्लाबारी, म काठमाडौँमा बस्छु । आज जुन यो दुई तीन महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुनकाण्डको चर्चा भइरहेको छ, यसमा सबै गोरे ! गोरे !! गोरे !!! भनेर अहिलेसम्म समाचार आइरहेको छ, यसमा म विल्कुलै निर्दोष छु ।
विगत दुई अढाई वर्षदेखि मेरो सम्पूर्ण काम सनमले गर्थ्यो । पहिला मेरो सामान चोरी भयो, म कलकतामा थिए । मलाई थाहा थिएन, म पुगेको दिन सामान हरायो भन्ने मैले सुने । सुनिसकेपछि म आफ्नो काम सकाएर फर्किएँ । फर्केर खोजी कार्य भयो, एयरपोर्टका स्टाफहरूलाई बोलाएर सोधियो, खुवाइयो । यातना दिइएको थिएन, सोधिखोजि भयो । त्यसका प्रमाणहरू छन् मसँग पनि ।
खोज्दै जाँदा खेरि सायद म भएको भए सनम मर्दैन थियो होला । म त्यस्तो हुन दिन्नथें । कुटपिट, झैँ–झगडा, खानपिन त भइरहन्थ्यो । ठाउँठाउँमा हामी जान्थ्यौँ, एक अर्कामा सोधिखोजि हुन्थ्यो । सनम मर्ने बेलामा उसलाई गाडीमाथि, गाडीमा राखेर उनीहरूलाई घरपरिवार हस्पिटलमा छाड्ने बेला थियो । त्यो हुन पाएन ।
अन्तिममा हामी वर थियौँ, हामी त्यहाँ थिएनौँ । अन्तिममा सनम मर्यो भन्ने खबर आयो । खबर आइसकेपछि हामी आत्तियौँ । आत्तिसकेपछि अब सनमको घरपरिवारमा लास बुझाउनुपर्ने थियो, मेरो चिनजानको त्यहाँ कोही थिएन । पुलिस प्रशासन कोही पनि थिएन । मैले काठमाडौँबाट चिनेको एक जना मैले मामा भन्ने बालकृष्ण सञ्जाललाई बोलाएँ ।
त्यहाँ लेनदेनको कुरा के के आएको छ, त्यस्तो लेनदेनको कुरा केही भएको छैन । म निर्दोष छु, यसमा । कसैलाई मारेर मलाई खान आउँदैन । मेरो ब्याकग्राउण्ड राम्रै छ । मेरो क्रिमिनल केस कहीँ पनि छैन । म इण्डियन आर्मी हुँ । म पुलिस स्कुल नै पढेको मान्छे हुँ । मलाई आफ्नो साथीलाई मार्न आउँदैन ।
लाष्टमा ३ जना थिए त्यहाँ । मल्ल, मने र सनम थिए । अब सुनको राज त्यहीँ हुनुपर्छ । सनमलाई मारिएको छ । सनम मरेर गयो । त्यो यातना मैले मात्रै दिएको होइन, त्यस्तो कुटपिट झैँ–झगडा भइरहन्थ्यो । खोजी कार्य गरेको हो मैले । एअरपोर्टका स्टाफहरूलाई पनि बोलाएर सोधिखोजि गरेँ मैले ।
कसैलाई मार्ने इन्टेन्सन थिएन । मारेर खान मलाई आउँदैन । उर्लाबारीबासी र सनमको घरपरिवार र सम्पूर्ण नेपाली दिदी, दाजुभाइ बहिनीहरू म निर्दोष छु । गोरे ! गोरे !! गोरे !!! भनेर दुई अढाई महिना ३ महिना भइसक्यो । मेरो चर्चा धेरै भइसक्यो ।
मलाई आउन मन छ । मलाई पनि नेपालमा बस्न मन छ । मेरो पनि परिवार छ । मलाई डर भयो, हल्ला भयो सनम म¥यो भन्ने । दोषजति मलाई लगाइयो । म चुप लागेर बसे यत्रो दिन । पुलिस आइसकेपछि त्यस्तो लेनदेनको कुरा केही पनि छैन । उनीहरू के कारणले फसे वा फसाए, त्यो म भन्न सक्दिन ।
गृह मन्त्रालय, पुलिस प्रशासन, नेपाल, नेपाली जनता सबैलाई गोरे ! गोरे !! गोरे !!! भन्ने मै हुँ, सनम हत्यामा म छैन । यो जुन भिडियो सार्वजनिक भएको छ, त्यो एक दिन अगाडिको भिडियो हो । लाष्टमा तीनजना थिए, मने, मल्ल र सनम । सनम मारिएको छ त्यहाँ । दोषजति मलाई खन्याइएको छ । उनीहरूको मलाई दबाब थियो ।
म त खोजी पनि नगरुम भन्ने थियो । पछि १ महिना ८ दिनपछाडि सनमको गल्तीहरू भेट्टाइयो । भेट्टाएपछि हामी ठाउँठाउँमा गयौँ । खायौँ, बस्यौँ, हिँड्यौँ । एकअर्कामा त्यस्तो भइरहन्थ्यो हामीबिच । घरी उनीहरूले हान्थे, घरी अरू केटाहरूले हान्थे । म निर्दोष छु । सनम मर्ने बेलामा ३ जना थिए ।
मल्ल, मने र सनम थिए । जुन सुन, त्यो मेरो पनि होइन, त्यो अर्कैको सुन हो । त्यो सुनको राज खोलिन्छ या अब भेटियो वा त्यो उनीहरुसँगै छ । मने र मल्लसँग हुनुपर्छ राज । मसँग छैन । म पुसिललाई बोलाएर सनमको लास बुझाउने मान्छे हुँ । धरान पुगेपछि मलाई डर भयो, हल्ला हुन्छ भनेर । मलाई पनि मेरो ज्यानको माया छ । त्यही भएर म भागेँ ।
धेरै भयो, यो गोरे ! गोरे !! गोरे !!! भनेर ३३ किलो काण्ड । सम्पूर्ण दोष मलाई लगाइएको छ । यसमा म छैन । यसमा छिरिङ, भुजुङ भन्ने मान्छे छन् । उनीहरूको दबाब थियो । र, एउटा एमके भन्ने मान्छे छ र बाँकी इण्डियन मान्छेहरू छन् । जुन सामान आयो र निकाल्ने मान्छे पनि मर्छ, दोष मलाई नै लाउँछन्, सनम मर्छ, मलाई नै लाउँछन् । अथवा त्यो ‘एक्सिडेण्टल डेथ’ हो ।
मने र मल्ल अन्तिममा थिए । मैले पुलिस बोलाएर सनमको लास जिम्मा लाउन खोजेको हो । त्यसपछि त्यहाँ के–के भयो । मलाई केही थाहा भएन, म त्यहाँबाट भागेर हिँडेको हुँ । म घर आउन चाहन्छु, म नेपाल आउन चाहन्छु, म सरेण्डर हुन चाहन्छु । मसँग पनि छ सब प्रमाणहरू ।कसैलाई मारेर खान मलाई आउँदैन । कसैलाई भनु, ज्यान मारेर पैसाले के नै हुन्छ र । कसैको ज्यान मारेर खाने म होइन ।
म १० वर्ष पुलिस बोर्डिङ पढेको हुँ । मलाई त्यहाँनेर सिकाएनन्, मान्छे मारेर खान । म आर्मी हुँ । आर्मीमा सिकिँदैन मारेर खान । म यदि गल्ती भए, मैले मारेको भन्छन् भने मलाई झुन्डाएर मार्नु, मलाई अदालतमै मार्नु, उर्लाबारी लगेरै मार्नु । मेरो गल्ती छैन । लाष्टमा ३ जना थिए । हामी वर थियौँ, एक्कासि म¥यो भन्ने खबर आउँछ । खबर आइसकेपछि लास व्यवस्थापन गर्न मैले पुलिस प्रशासन बोलाएको हो । त्यसपछि मलाई के–के भयो केही पनि थाहा छैन ।
त्यसपछि अहिलेसम्म ३३ किलो काण्डमा सबै मेरो परिवार, म मेरा मामा सबैलाई मुछिएको छ, यस्तो नहोस् । म सरेण्डर गर्न चाहन्छु । म निर्दोष छु । मलाई पनि दबाब थियो, खोजेर लेराइज होइन भने पैसा तिर भन्ने । त्यत्रो पैसा कहाँबाट लेराउने मसँग छैन । सनमले २ अढाई वर्षदेखि हिसाबकिताब उही हेर्ने उही राख्ने गर्दथ्यो । अगाडिको ३३ किलो काण्डदेखि, जुन त्यो मेरो होइन, त्यसमा पनि मलाई मुछिएको छ । त्यो अर्कैको हो । मलाई फसाइएको छ । म फसेको छु ।
म, मेरो परिवार, हामी सबै बाँडेर, बाँडिचुँडि खाने मान्छे हो । कसैलाई मारेर मलाई खान आउँदैन । म निर्दोष छु । मेरो जीवनको पनि रक्षा होस् । यत्रो धेरै ईस्यु भएको छ, किनकि त्यहाँ मने भन्ने मान्छे छ, मल्ल भन्ने मान्छे छ । उनीहरूले त्यहाँ फोटो खिचेका छन्, भिडियो राखेका छन् । मलाई मात्रै देखाइएको छ, फसाइएको छ । यस्तो नहोस् । र, मेरो गल्ती छ भने मलाई मार्नु, मलाई ढुङ्गाले हान्नु, उर्लाबारीबासीले, कानुनले, पुलिस प्रशासनले, सबैले । मलाई मारेर खान आउँदैन ।
जुन भिडियो देखाइएको छ, त्यो एक दिन अगाडिको भिडियो हो, त्यसमा पनि मलाई मात्रै देखाइएको छ । यही हो।।।, ३३ किलो काण्डको दोषी म होइन । म निर्दोष छु, मलाई फसाइएको छ । मलाई दबाब छ । म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु । सुरक्षा हुने ठाउँमा म सरेण्डर खोजिरहेको छु । कसैलाई मारेर खान मलाई आउँदैन । यति भन्दै मेरो दुई शब्द यहाँ राख्न चाहन्छु ।
No comments:
Post a Comment