संविधान भालुले रुख चढे :हृदयेश त्रिपाठीको - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

संविधान भालुले रुख चढे :हृदयेश त्रिपाठीको

Share This
९ जेठ, काठमाडौं । तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह लिएर स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित सांसद हृदयेत्र त्रिपाठीले नेपालको संविधान भालुले रुख चढेजस्तो उल्टो रहेको टिप्पणी गरेका छन् । सत्तारुढ नेकपाकै सांसद रहेका त्रिपाठीले सरकारको नीति तथा कार्यक्रममा संविधाने संशोधनको विषय छुटेको बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा संसदमा त्रिपाठीले भने-संविधान कार्यन्वयनका लागि पनि संशोधन आवश्यक छ । अस्ति भर्खर प्रतिनिधिसभा भन्दा पहिले राष्ट्रियसभा गठन भयो । यो त भालुले रुख चढेजस्तो उल्टो भयो । संविधानकै त्रुटीका कारण प्रतिनिधिसभा भन्दा पहिले राष्ट्रियसभा गठन हुनुपर्‍यो ।
उनले संविधानमा यस्ता अनगिन्ति त्रुटीहरु रहेको भन्दै ८८ वटा त्रुटी आफूले औंल्याएको बताए । त्रिपाठीले सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको र विपक्षीले पनि बिरोध गर्ने कुनै बहाना नभेटेर राष्ट्रपतिले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै संशोधन हालेको बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages