मन्त्री महासेठ भन्छन, पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत हुन्छ - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

मन्त्री महासेठ भन्छन, पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत हुन्छ

Share This
पर्सा, २ वैशाख /भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताउनुभयो । आवाज एफएफको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले वैशाख १५ गतेभित्र राजमार्गको काम पूरा नभए सम्बन्धित क्षेत्रका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो । उहाँले वीरगञ्जको अलौमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी) डेढ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन हुने दाबी गर्नुभयो । आइसिपी अगाडिको ७०० मिटर सडकमा परेको जग्गाका लागि रु ९२ करोड मुआब्जा छुट्याएको र आउँदो दुई महिनाभित्र सडक निर्माण पूरा भएपछि आइसिपी पूर्ण क्षमतामा सञ्चालन हुने उहाँको भनाइ थियो । मन्त्री महासेठले उद्घाटन भएर पनि ७४० मिटर सडक निर्माण पूरा नभएका कारण दैनिक करोडाँैको राजश्व गुमाउनुपरेकाले मुआब्जाको विवादलाई सक्दो चाँडो समाधान गरी सडक निर्माणलाई पूरा गर्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिएको बताउनुभयो । उहाँले वर्तमान सरकार प्रदेश नं २ को पूर्वाधार विकासप्रति गम्भीर रहेको बताउनुभयो । आवाज एफएमका अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा प्रदेश नं २ का विधायक ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, पूर्वसांसद विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारुलगायतले पूर्वाधार विकासका क्रममा निकै पछि परेको प्रदेश नं २ को विकासका लागि संघीय सरकारले पर्याप्त रकम विनियोजन गर्न माग गरेका थिए ।रासस

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages