गढिगाउँपालिका: मकवानपुरको गढि गाउँपालिका वडा नम्बर ६ ठुलीव्यासीका केदार बजगाँईले बैंकबाट कर्जा लिई व्यावसायिक बजगाई एग्रिकल्चर एण्ड हर्बल फार्म खोलेर भैँसी पालन गर्नुभएको छ । बैंकबाट रु ५० लाख कर्जा र आफ्नो केहि रकम लगानी गरि बजगाईले भँैसीपालन शुरु गर्नुभएको हो ।
२ वटा भैँसी पालन बाट सुरु भएको उनको पशुपालन व्यवसाय आज गाउँपालिका कै ठूलो र नमुना फार्मको रूपमा विकसित हुँदै गइरहेको छ । करिव ६ महिना अघि सञ्चालनमा ल्याइएको भैँसी फार्मबाट दूध बेचेर उहाँले मासिक रु ५० हजार भन्दा बढी आम्दानी लिने गर्नुहुन्छ । २५ लाखको लगानीबाट शुरुवात गरेका फार्ममा मुर्रा जातका ९ वटा भैँसी, पाडापाडी गरि १८ भन्दावढि रहेको र यसलाई वढाएर २५ वटा सम्म पुर्याउने लक्ष्य रहेको बजगाँई एग्रिकल्चर एण्ड हर्वल फार्मका संचालक केदार बजगाँईले बताए ।
ती गाईबाट प्रति दिन ५५ देखि ६५ लिटर दूध उत्पादन हुँदै आएको छ । फार्ममा उत्पादन भएको दूध प्रतिलिटर ५८ देखि ६५ सम्म बिक्री भइरहेको छ । दुध विक्रिबाट दैनिक ३ र ४ हजार जति आम्दानी हुन्छ । भैंसीको दाना तथा घाँसका लागि दैनिक १५ सय खर्च आउँछ ।
भैंसीको रेखदेखका लागि उनले २ जना कामदार पनि राखेका छन् । दूध बिक्रीबाट मासिक रुपमा आउने रु १ लाख बाट ४५ हजार घाँस र चारोमा खर्चिने, केहि रकम बैंकको ब्याज तिर्न र बाँकी रकम बचत हुने गरेको उहाँले बताए ।
गढि ६ मा रहेको हिमाल दुग्द उत्पादक शहकारी संस्था लिमिडेट र स्थानीय बजारमा दूध बिक्री भइरहेको बजगाईले बताए । ‘दूध जति भए पनि खपत हुने अवस्था छ,’ उनले भने । कतिपय फार्ममै आएर दूध लैजाने गरेको उनले बताए ।
आफूहरूको सक्रियताले नै सफलता प्राप्त गरेको दाबी उनीहरूको छ । भैँसीलाई एकै समयमा खुवाउने, दुहुने समय पनि एउटै हुनुपर्दो रहेछ केदार बजगाईका छोरा विजय बजगाईले भने, भैँसी फार्म सञ्चालनका लागि घाँस खेती गर्न अनिवार्य छ । भैँसीको गोबरले माछा पालन र तरकारी खेती गरि त्यसबाट समेत मनग्य आमदानी लिन सकिने विजय बजगाँईले बताए ।
भैँसीको दूधको रेट मात्र हेरेर हुँदैन : उनले भने, ‘गोबर र पिसाब पनि उपयोग गर्न सकिँदो रहेछ। गाईको गोबर र पिसाबबाट गोवरग्यास चलाएको जानकारी समेत दिए ।’
आफ्नै जंग्गामा फार्म खोलेका बजगाँईले विगत देखि नै भैँसी पाल्दै आईरहेको भएता पनि हाल भने र्फाम खोलेर व्यवसायी बन्दै गइरहेका छन् । ‘सानैदेखि कृषितर्फ काम गरेका अनुभवले पनि यही पेसा अपनाएको हुँ ।’ केदार बजगाँईले भने, लामो समय देखि सो क्षेत्रमा आगार्निक खेति गर्दै आईरहेको बजगाँईले फार्म खोलेर मनग्य आम्दानी लिन सफल भएका छन् ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago






No comments:
Post a Comment