सुरुङ मार्ग प्रदेश सरकारको प्राथामिकता: डोरमणी पौडेलले - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

सुरुङ मार्ग प्रदेश सरकारको प्राथामिकता: डोरमणी पौडेलले

Share This
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुरुङ मार्ग प्रदेश सरकारको प्राथामिकता भएको बताउनुभएको छ । लगानी बोर्डको आयोजनामा हेटौँडामा भएको लगानी सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री पौडेलले आर्थिक अर्थतन्त्रमा प्रभाव पार्ने भएकोले सुरुङ मा
र्ग निर्माण जरुरी भएको बताउनुभयो । ३ नम्बर प्रदेशमा लगानी भित्र्याउन सुरक्षा प्रमुख चुनौती भएको पनि उहाँले बताउनुभयो ।
उद्योग मैत्री वातावरण नभई सम्बृद्ध नेपालको कल्पना नहुने उहाँको भनाई थियो । प्रदेशमा रहेको पूँजीलाई व्यवस्थित गर्न सके यही लगानीबाट विकास गर्न सकिने उहाँले बताउनुभयो । सरकारले लगानीको विषय खोजी गरिरहेको र उत्पादनमुखी, परिणाममुखी लगानीको लागि सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।
उद्योगमा सरकारको कारण मात्र समस्या नभएको भन्दै मुख्यमन्त्री पौडेलले उद्योगीहरुबाट पनि धेरै समस्याहरु रहेको बताउनुभयो । औद्योगिक क्षेत्रमा भएका हजारौं विगाहा जमिन कब्जा गरेर बस्ने गरेको भन्दै त्यस्तो ठाउँमा नयाँ लगानीकर्ता ल्याउने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages