हेटौँडा, ११ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ न्यूरेनीमा एक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक युवक गम्भिर घाईते भएका छन् । न्यूरेनीमा सिमेन्ट बोक्ने ना. ७ ख. ७९५६ नम्बरको ट्रकले ना.९ प. ८२५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हे न पा - १ लालझाडीका २३ वर्षीय बाल्कृष्ण दाहाल गम्भीर घाईते भएको र निजको अवस्था चिन्ताजनक रहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार घाईतेलाई अहिले उपचारको लागि अस्पताल लगिएको छ ।
ट्रक चालक फरार रहेका छन् । घटनास्थलमा प्रहरी पुगिसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले बताएका छन् ।
No comments:
Post a Comment