काठमाडौं, १० बैसाख । आउँदो बैसाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।
भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर, अन्तिममा भारतीय प्रस्तावअनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ स्रोतले भन्यो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने भएका छन् । त्यहाँ उनलाई अभिनन्दन गरिने छ ।
परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल भइरहे पनि तयारी शुरु नभएको बताएको छ । मोदीको भ्रमणको मिति भारतीय सञ्चारमाध्यमले यसअघि नै मिति सार्वजनिक गरे पनि भारतले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्री बनेपछि मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २०१४ मा प्रधानमन्त्री बने लगत्तै र पछि सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago






No comments:
Post a Comment