हवाई जहाँज र पानी जहाँज बेपत्ता हुने ठाँउ - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

हवाई जहाँज र पानी जहाँज बेपत्ता हुने ठाँउ

Share This
अमेरिकाको दक्षिण पुर्वि क्षेत्र फ्लोरिडा नजिकै रहेको समुन्द्रमा विचित्रको रहस्य छ । यस क्षेत्रमा भइरहेका यथार्थ घटनाहरु फिल्मका काल्पिनिक कथा जस्तो लाग्छ । उड्दै गरेका जहाज गोली लागेको चरा झै खस्ने र हिडिरहेका पानी जहाज छिनभरमा नै डुवेर बेपत्ता हुने गर्छन् । यो समुन्द्रि क्षेत्र बर्मुडा ट्रांगलका नामले चिनिन्छ । यस क्षेत्रमा हवाई जहाज खस्दा र पानी जहाज डुब्दा अहिलेसम्म आठ हजार मानिसको ज्यान गाइसकेको छ । यस क्षेत्रको आकाशमा हवाई जहाज र समुन्द्र माथि पानी जहाजको आवत जावत समेत रोकिएको छ । यति मात्र होइन आवाजको गति भन्दा छिटो हिड्ने अमेरिकी सेनाका लडाकु जहाज समेत यस क्षेत्रमा उडना भर्न डराउछन् । अमेरिकी सेनाका थुप्रै जहाज यस क्षेत्रमा खसेर बेपत्ता भएका छन् । यद्यपी अहिलेसम्म गरिएका सयौं अध्ययनहरुले यसको एकिन कारण बाहिर ल्याउन सकेको छैन । वैज्ञानिकहरु भिन्ना भिन्नै तथ्य र रहस्यको उल्झनमा फस्दै गएका छन् ।

नासाका केही वैज्ञानिक र अमेरिकाका विभिन्न युनिभर्सिटिका प्राध्यापकहरुले लामो समय देखि यसको रहस्य पत्ता लागउन गरेका सन्धानहरुले रहस्य सुल्झाउने केही आधारहरु फेला पारेका छन् । पछिल्ला केही फरक अध्ययनहरुलाई हेरौं । अमेरिकी भुगर्भ अनुसन्धान केन्द्रले गरेको एक अध्ययनमा बर्मुडा ट्रांगल क्षेत्रको समुन्द्रको पिधमा मिथेन ग्यास तयार हुँदा आकाससम्म नै शक्तिसाली भुमरी पैदा हुन्छ । त्यसैले पानी जहाज र हवाई जहाज तानिएर छिनभरमा नै समुन्द्रको पिधमा पुग्छन् ।


पछिल्ला अध्ययनहरुले अलि फरक रहस्य वाहिर ल्याएका छन् । हालसालै नयाँ अध्ययन पनि सार्वजनिक भएको छ । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका छन् । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास भएको हो । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ ।

र्यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १सय ७० माइल अर्थात करिब २ सय ७२ किलोमिटर प्रति घन्टाको गतिको हावाको वहाव रहेको हुन्छ । यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्याउँछन् ।

वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ । यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ ।
बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । एलिएनको विषयमा सयौ फिक्सन र उपन्यासहरु पनि वनेका छन् । पछिल्लो सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages