भारी सवारी,पुल वारी की पारी । - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

भारी सवारी,पुल वारी की पारी ।

Share This


लामो समय देखी सबै पक्षबाट राप्ती पुल माथी लोड भएका सवारी रोक्दा पुल भासीने र दुर्घटना हुने भएकोले काटा गर्न आउने सवारी पुलमाथी नरोक्न गरिएको पहल अनुसार आज 2075/01/12 गते पुलमा काटा गर्न आउने सवारी नरोक्ने सुचना सहीतको वोर्ड राखिएको छ । 
    पछिल्लो समयमा जनसरोकार केन्द्र मकवानपुरको पहलमा राप्ती पुल शंरक्षण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई निरन्तर रुपमा यो समस्या समाधानार्थ सम्बन्धित निकायमा भन्दा कुरा बझाउन सकिएको र अब राप्ती पुलमा पुग्ने जोखीम न्युन रहेको कुरा जन सरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुब चौलागाईले बताउनु भयो ।   
  वाहाले  पुल माथी सवारी रोक्न नहुने कार्यको पहल गर्ने सम्बन्धित निकाय,व्यक्ती र वोर्ड राख्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर  लगायत सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नु भएको  छ ।    
     जसअनुसार आज  मिति2075/ 01/12 गतेका दिन बोर्ड राखेर राप्ती पुल माथि लोडेड कुनै पनि सवारी साधनलाई नरोक्न सम्बन्धित सबैलाई सूचना जारी गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages