विकासका दरिला आधार भन्ने मुल नाराका साथ प्रदेश ३ को यस्तो बजेट प्रस्तुत - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

विकासका दरिला आधार भन्ने मुल नाराका साथ प्रदेश ३ को यस्तो बजेट प्रस्तुत

Share This
हेटौँडा,१३ बैशाख, प्रदेश नंबर ३ ले आज चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा गरिने खर्च र पूँजीगत बजेट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले संसद आज बजेट प्रस्तुत गरेका हुन् । उनले एक अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । बजेटमा चालु खर्चतर्फ ५४ दशमलव ३७ प्रतिशत बजेट छुट्याइएको छ । यस खर्चमा ५५ करोड ४८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पूँजीगत खर्चतर्फ ५४ दशमलव ६३ प्रतिशत रकम छुट्याइएको छ । पूँजीगत खर्चमा ४६ करोड ५६ लाख ४० हजार रुपैयाँ छुट्याइएको आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । कृर्षि, उर्जा, पर्यटन र पूर्वाधार प्रदेश नम्बर ३ को विकासका दरिला आधार भन्ने मुल नाराका साथ सांदस सचिवालयमा बजेट प्रस्तुत गरिएको हो । बजेट तीन महिनालाई मात्रै ल्याइएकाले विकास निर्माणका कामका लागि यस बजेटले काम नगर्ने आर्थिक मामिला मन्त्री ढुंगेलले जानकारी दिए । सांसदमा प्रस्तुत गरिएको बजेटप्रति विपक्षी दलका सांसदले भने आलोचना गरेका छन् । नेपाली कांग्रेसका प्रदेश सांसद र विवेकशील साझा पार्टीका सांसदले बजेट नागरिकमुखि नभएको भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसका सांसद प्रभात तामाङले सरकारले विकास निर्माणका लागि खर्च नछुट्याएको भन्दै आलोचना गरे । नेकपा एमालेका सांसद केशवराज पाण्डेले आर्थिक वर्षको अन्त्यमा भने पनि बजेट ल्याइएकोमा यसको स्वागत गर्नुपर्ने बताएका थिए । सत्तापक्षीय सांसदहरु रामकुमार अधिकारी, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, केशवराज पाण्डे, पशुपति चौलागाई, धनश्याम दाहाललगायतले समय अभावका कारण बाध्यतात्मक अवस्थामा विकास बजेट नआएको भन्दै प्रदेश सरकारको बचाउ गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages