च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा मड्रिड प्रवेश - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा मड्रिड प्रवेश

Share This
साबिकको विजेता तथा स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्टससँग ३ – १ ले पराजित भएपनि समग्रमा ४ – ३ को जित निकाल्दै रियल सेमिफाइनलमा पुगेको हो ।
रियलको घरेलु मैदानमा भएको सनसनीपूर्ण दोस्रो लेगमा ३ – १ को जित निकालेपनि युभेन्टस सेमिफाइनलमा पुग्न सकेन । दोस्रो लेगको अन्तिम समय १० खेलाडीमा सिमित भएको युभेन्टसका लागि  मारियो मान्डुज्कीले दुई तथा ब्लेज माटूइडीले एक गोल गरे । तर, घरेलु मैदानमा भएको पहिलो लेगमा बेहोरेको ३ – ० को हारले युभेन्टस सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो । गत सिजनको फाइनलमा पनि युभेन्टस रियलसँग ४ – १ ले स्तब्ध बनेको थियो ।
यता, रियलको सेमिफाइनल यात्रामा क्रिस्टियानो रोनाल्डो नायक बने । पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले दोस्रो लेगको इन्जुरी समयमा गोल गर्दै रियललाई अन्तिम चारको यात्रा तय गराए । युभेन्टससँग ३ – ० ले पछि परेको अवस्थामा रोनाल्डोले इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको सेमिफाइनल यात्रा पक्का गराएका थिए ।
सान्टियागो बेर्नाबेउमा खेलको अन्तिम दुई मिनेट बाँकी रहदा रियलका लुकास भास्क्वेजलाई युभेन्टसका डिफेन्डर माइकल ओलिभरले डिबक्सभित्र फल गरेपनि रियलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरमा रोनाल्डोले सहजै गोल गर्दै रियललाई सेमिफाइनल पुर्याउन सफल भए । योसँगै रोनाल्डोले १५० च्याम्पियन्स लिग खेलमा १२० गोल गर्न सफल भए ।
त्यसअघि मान्डुज्कीले खेलको दोस्रो र ३७ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २ – ० को अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको ६१ औं मिनेटमा गोल माटूइडीले गोल गर्दै युभेन्टसलाई ३ – ० को अग्रतासहित उत्कृष्ट पुनरागमन गराएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा कप्तान जियानलुइजी बुफोनले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । कुल १० पहेलो कार्ड देखाइएको खेलमा रियलले पेनाल्टी प्राप्त गरेपछि रेफ्रीसँग बादविवाद गर्दा बुफोनले रातो कार्ड पाएका थिए ।
रियल र युभेन्टसबीचको खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने चारै टोलीको तय भएको छ । यो सिजन रियलसँगै जर्मन क्लब वायर्न म्युनिख, इन्ग्लिश क्लब लिभरपुल र इटालियन क्लब रोमाले सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनल ड्र शुक्रबार हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages