विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु भएको घोषणा - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु भएको घोषणा

Share This
सुर्खेत, २ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउँदै भन्नुभयो, “अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न ।”

प्रधानमन्त्रीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाटै गरेको स्पष्ट गर्दै कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।रासस

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages