कान्ति लोकपथमा कार्तिकबाट ठूला सवारी चल्ने - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

कान्ति लोकपथमा कार्तिकबाट ठूला सवारी चल्ने

Share This
१५ वैशाख, काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा निर्माणाधीन कान्ति लोकपथमा आगामी कार्तिकबाट ठूला सवारी गुड्ने भएका छन् । झण्डै ६ किलोमिटर खण्डमा वान-वे सवारी पास हुने गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

निर्माण शुरु भएको ६२ वर्षपछि पूर्णता पाउने अन्तिम चरणमा रहेका बेला बिष्फोटक पदार्थ अभावले समस्यामा परिरहेको आयोजनाका प्रमुख देबेन्द्रप्रसाद साहले बताए । मार्ग विस्तारका लागि कडा चट्टान फुटाउन विष्फोटक पदार्थ अभाव भएपछि आगामी कर्तिकसम्ममा काम सकिएका खण्डमा कालोपत्रे सक्दै सडक खुला गर्ने तयारी गरिएको साहले बताए ।
सडक साँघुरा भएका खण्डमा बस ट्रक एकतर्फी चल्न सक्ने बनाएर कार्तिकबाट सञ्चालनमा ल्याउने उनको दावी छ । अहिले चट्टान फोर्न बाँकी खण्डमा साना सवारीभने सहज रुपमा आवात-जावत गर्न सक्छन् । नेपाली सेनाले दुई वर्षअघि नै पाँच टन विष्फोटक पदार्थ दिने सहमति जनाएको थियो । तर, अभाव भएको बताउँदै सेनाले अझै विष्फोटक पदार्थ दिएको छैन ।

‘हामीले विष्फोटक पदार्थ पाएनौं । त्यसैले अब साँघुरो सडक भएका स्थानमा वान-वे सवारी चलाउन सकिने गरी कार्तिकसम्म सडक खुला गर्छौं,’उनले भने । उक्त लोकपथका विभिन्न खण्डमा अहिले ठूला चट्टानको अवरोध छ । ती चट्टान हटाएर सडक विस्तार गर्दै कालोपत्र गर्ने योजना थियो । अहिले चट्टान हटाउने काम छुट्टै प्याकेजमा राखेर काम सडक खुला गर्ने गरीकाम भइरहेको छ ।

आयोजना अन्तरगत अहिले १३ वटा प्याकेजमा काम भइरहेको छ । अहिलेसम्म मकवापुरतर्फको १६ किलोमिटर सडकको कालोपत्रे सकिएको छ । अब मकवाननपुरतर्फ ३५ किलोमिटर खण्ड पिच गर्न बाँकी छ । ललितपुरतर्फको डेढ किमि पनि कालोपत्रे भएको छ ।

ट्र्याक खुलेको ६० वर्षपछि हेटौंडातर्फबाट यो मार्गमा कालोपत्रे शुरु भएको थियो । यो मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने दुई सय २६ र पालुङ हुँदै आउने एक सय २६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रुपमा आवागमन गर्नसक्ने छन् । कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’को प्रयोग गरिँदैछ ।

काठमाडौंबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । आयोजनाका लागि यो वर्ष ४९ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । आगामी आर्थिक वर्षका लागि ४० करोड बजेट प्रस्ताव गरिएको छ ।

हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइको छ, यो मार्ग, जसलाई साढे आठ मिटर चौडा बनाइनेछ । र, दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिँदैछ ।

कान्ति लोकपथको ट्रयाक ०१३ सालमा खुलेको थियो । शुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए ।

तर, ललितपुर र मकवानपुरको सीमास्थित वागमती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन अयोग्य रहँदै आएको थियो ।

६० वर्षपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको थियो ।

यस मार्गलाई मकवानपुर जोड्ने दक्षिणकाली-सिस्नेरी सडक र त्रिभुवन राजपथको विकल्पका रुपमा पनि लिइएको छ ।

छोटो दूरीमा पर्ने भएकाले वीरगञ्ज नाकाबाट नेपाल र भारतबीचको व्यापार विस्तारमा समेत यसले सहयोग पुर्‍याउने अपेक्षा छ । त्यसबाट काठमाडौंको आपूर्ति व्यवस्था सहज हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages