‘ट्विन ल्यान्ड’ जुम्ल्याहा सन्तान जन्माउने सहर - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

‘ट्विन ल्यान्ड’ जुम्ल्याहा सन्तान जन्माउने सहर

Share This
Twin Land
दक्षिणी ब्राजिलमा एउटा सानो सहर छ, जसको चर्चा सदबहार हुन्छ । ‘ट्विन ल्यान्ड’ नामले समेत चिनिने क्यान्डिडो गाडोइ जुम्ल्याहा सन्तान जन्माउनेका लागि विश्वभर प्रख्यात छ । सो सहरमा हरेक वर्ष ठूलो संख्यामा जुम्ल्याहा बच्चा जन्मिन्छन् । यहाँ हरेक १० मध्ये एउटा जन्म जुम्ल्याहा हुने गरेको छ । सहरमा विश्वव्यापी जुम्ल्याहा जन्मदरमा १ हजार प्रतिशत उच्च छ । सहर आफैँमा अद्धितीय छ । जुम्ल्याहाहरूको असामान्य जन्मदरका कारण सो सहरले धेरै मानिसको ध्यानाकर्षण गरेको छ । जुम्ल्याहा शिशु जन्मिनुको रहस्यबारे विभिन्न अनुमान हुने गरेका छन् ।
अनौठोे जुम्ल्याहा जन्मदरले चिकित्सा क्षेत्रलाई चुनौती दिएको जानकारहरू बताउँछन् । यसबारे अनगिन्ती खोजी भइरहेका छन् । धेरैले यसको दोष नाजीलाई लगाएका छन् । अधिकांशले जुम्ल्याहा सन्तानको मुख्य कारक हिटलरका निर्दयी डाक्टर जोसेफ मेन्जिलीलाई बताउँछन् ।

‘मृत्युका दूत’समेत भनिने जोसेफकै कारण जुम्ल्याहको बिगबिगी बढेको भन्नेहरूको संख्या उल्लेख्य छ । द्वितीय विश्वयुद्धको समयमा जर्मनीले प्रभुत्व कायम गरेको पोल्यान्डमा हिटलरको निर्देशनमा निर्माण गरिएको असविज कन्सनट्रेसन क्याम्पमा कार्यरत कुख्यात चिकित्सक जोसेफ जर्मनमा नाजीको अन्त्यपछि भागेर ब्राजिलको क्यान्डिडो पुगेका थिए ।

सुटुक्क भागे ब्राजिल
सन् १९४५ को जनवरीमा रसियालीे सेनाको हमलापछि जोसेफ भागेर सुटुक्क ब्राजिल पुगेका थिए । उनी सन् १९४६ मा पहिलोपटक घुमन्ते चिकित्सकको छद्मभेषमा क्यान्डिडो सहर पुगे, जहाँ उनको प्रयत्नले ‘डरलाग्दो’ सफलता मिलेको इतिहासकार बताउँछन् । उनी सो सहर पुग्नुअघिसम्म गाउँका महिलाले प्रायः एउटै बच्चा जन्माउँथे । क्यान्डिडोका बासिन्दाका अनुसार सन् १९६० को दशकमा उनी धेरैपटक सो सहर पुगेका थिए । स्वयंसेवक उपचार गर्ने बहानामा उनले अनगिन्ती युवती र महिलाको परीक्षण गरी उनीहरूलाई ‘जुम्ल्याहा जिन’ मिसाउने आफ्नो मिसन सुरु गरेका थिए । जोसेफले अधिकांश महिलालाई जुम्ल्याहा बच्चा हुने औषधि र हर्मन दिएको धेरैको विश्वास छ । तर, त्यसको कारण भने अझै प्रस्ट हुन सकेको छैन ।

खुसी छैनन् महिला
अर्जेन्टिनाका इतिहासकार जर्ज क्यार्मासा आफ्नो पुस्तक ‘मेन्जिलीः दी एन्जिल अफ डेथ इन साउद अमेरिका’मा जोसेफको मिसनबारे उल्लेख गरेका छन् । नाजी नश्ल वृद्धि गर्न सुनियोजित रूपमा उनी वर्षौँसम्म स्वयंसेवक डाक्टरको छद्मभेषमा सहरमा बसेको पुस्तकमा उल्लेख छ । पुस्तकमा अधिकांश जुम्ल्याहा सन्तान जन्माउने अभिभावक र विशेष गरी महिलाको अन्तर्वार्ता समावेश गरिएको छ । पुस्तकमा दाबी गरिएअनुसार जोसेफले महिलाहरू गर्भवती हुनुअगाडि रहस्यमय औषधि दिएका थिए । स्थानीयहरूले उनलाई ‘षड्यन्त्रकारी डाक्टर’, नाजी डाक्टर, जुम्ल्याहा डाक्टरलगायत विभिन्न नामले सम्बोधन गर्ने गरेको पुस्तकमा उल्लेख छ । जोसेफप्रति क्यान्डिडो सहरका महिलाको मिश्रित प्रतिक्रिया छ । अधिकांशले उनलाई षड्यन्त्रकारी बताउँछन् । पुस्तकका लेखक क्यार्मासाले जोसेफको तस्बिर देखाउँदा अधिकांश महिलाहरूले ‘ए त्यो डाक्टर’ भनेर नाक खुम्च्याएका थिए ।

अलमलमा वैज्ञानिक
सहरमा आश्चर्यजनक रूपमा जुम्ल्याहा शिशु जन्मिन थालेपछि सो विषयमा ब्राजिलका वैज्ञानिकहरूले अध्ययन गर्दै आएका छन् । उनीहरूका अनुसार त्यो गाउँका महिला र पुरुषमा विशेष जिन भेटिन्छ । तर, वास्तविक कारण अझै फेला पर्न सकेको छैन । सहरमा जर्मनी मूलका आप्रवासीको बाहुल्यता छ । उनीहरूले दशकौँदेखि आफ्नै जातका मानिसहरूबीच विवाह गरेका छन्, जसले वैज्ञानिकहरूलाई झनै अलमल पारेको छ ।

जोसेफको यस्तो षड्यन्त्र
जोसेफ चार लाख यहुदीको मृत्युको मुख्य कारक मानिन्छन् । आफ्ना फ्युहररको नाजी नश्ल उत्पादन गर्ने दौडको अभियानमा जोसेफ सन् १९४३ देखि सन् १९४५ सम्म जर्मनको प्रभुत्वमा रहेको पोल्यान्डको असविज कन्सनट्रेसन क्याम्पमा षड्यन्त्रपूर्वक काम गर्थे । इतिहासकारहरूका अनुसार हिटलरका कन्सनट्रेसन क्याम्पमा काम गर्दा जोसेफले मानव जातिको डरलाग्दो परीक्षण गरेका थिए । आफ्ना मास्टर ९हिटलर०का लागि कृत्रिम रूपमा नाजी जन्मदर वृद्धि गर्न उनले जुम्ल्याहा बच्चा उत्पादन गर्ने जिन पत्ता लगाएको विश्वास गरिएको छ । सो कार्यमा उनले अभूतपूर्व सफलता हासिल गरेका थिए । उनले विकास गरेको जिनबाट नाजीको संख्यामा उल्लेख्य वृद्धि भएको विश्वास छ ।



No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages