बाबु–आमा मरेको चार वर्षपछि जन्मिएका बच्चा - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

बाबु–आमा मरेको चार वर्षपछि जन्मिएका बच्चा

Share This
बाबु–आमा मरेको ४ वर्षअहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्राय केही पनि छैन । चीनमा बाबु–आमा मरेको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ ।
सन् २०१३ मा एउटा सडक दुर्घटनामा परी मृत्यु भएका दम्पतिले सुरीक्षत साथ राखेको आफ्नो शुक्रकिट तथा डिम्बको प्रयोग गरी ‘सेरोगेसी’ मार्फत बच्चा जन्मिएको हो। छोरी–छोरीको मृत्यु भए पश्चात आमा–बुवाले उक्त शुक्रकिट तथा डिम्बमाथि हक दाबी गर्दै लामो कानुन लडाईं पश्चात त्यसलाई प्राप्त गर्न सफल भएका थिए।
उनीहरुले शुक्रकिट तथा डिम्बमाथि हक स्थापित गरे पनि चीनमा सेरोगेसी कानुनतस् वैध नभएका कारण उनीहरुले त्यसलाई सडकमार्गबाटै छिमेकी देश लाओस पुर्‍याएका थिए। तरल नाइट्रोजनमा फ्रिज्ड गरिएको शुक्रकिट र डिम्बलाई कुनै पनि विमान कम्पनीको
बोक्न नमाने पछि उनीहरुले सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता परेको थियो।

लाओसमा व्यावसायिक सेरोगेसी वैध भएकाले उनीहरुले शुक्रकिट र डिम्बलाई त्यहाँ लगेर सेरोगेट आमा मार्फत बच्चालाई जन्माएका थिए। उक्त बच्चा २०१७ डिसेम्बरमा जन्मिएको बताइएको छ ।

त्यसपछि पनि वंश अगाडि बढाउन लागि परेका दुई चिनियाँ दम्पति सामु अर्को बाधा आइपर्‍यो। त्यो थियो बच्चाको पहिचान स्थापित गर्ने। त्यसका लागि दुवै दम्पतिले आफ्नो रगत तथा डिएनए परिक्षण गराउनु परेको थियो। डिएनएले उक्त बच्चा दुई दम्पतिको नाति भएको पुष्टि गरेपछि भने उक्त बच्चाले आधिकारिक रुपमा चिनियाँ पहिचान प्राप्त गरेको हो।
-बिबिसि

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages