आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

Share This
आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आइतबार राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्न/देख्न सकिनेछ । खगोलविद् सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गरेको उहाँले बताउनुभयो । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन जुन लाखौँ किलो मिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका ध’लाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा यो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages