जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेहरू कसरी प्रेम व्यक्त गर्छन् होला रु उनीहरू कसरी मनोरञ्जन लिन्छ होला रु यस्तो प्रश्नको जिज्ञासा हामी माझ आउन सामान्य नै हो । उनीहरू प्रायः बाहिरी वातावरणसँग घुलमिल हुँदेनन् । आज हामीले राउटे समुदायका युवायुवतीहरु कसरी मनोरञ्जन र प्रेम व्यक्त गर्न त्यसको चर्चा गरेका छौँ ।
राउटे समुदायको युवायुवतीहरू पनि अन्य समुदायका मानिस जस्तै एक आपसमा भेटघाट र रमाइलो गर्ने गर्छन् । उनीहरूलाई भेटघाटको लागि टाढा र एकान्त स्थानको आवश्यक भने पर्दैन । उनीहरूको समुदायमा त्यति छेकबारे हुँदैनन् । उनीहरू युवायुवतीबीच भेट्दा चाहिँ घरनजिक भए पनि एक्ला एक्लै भेट्छन् । मस्केर कुाराकानी गर्छन् । जङ्गलमा दाउरा खोज्न जाँदा, टहरा निर्माण गर्दा, चाडपर्वमा नाचगान हुँदा उनीहरू भेटघाटको बन्दोबस्त मिलाउँछन् । त्यसै अनुरूप भेटघाट गर्ने गर्छ ।
राउटे समुदायमा प्राय नुहाउने स्वास्थ्य रहने बानी हुँदैन । तर, युवायुवतीबीच भेट्ने योजना हुँदा भने युवतीहरू नुहाएर सकेसम्म सिँगार पटार गर्ने गर्छ । गरगहना भए लगाउने पनि गर्छन् । कुनै युवतीहरू भने घरमै रहेको समयमा पनि चिटिक्क परेर बस्ने गर्छन् । राउटे जस्तो देखिँदैनन् ।
उनीहरूबिच प्रेम भएमा प्रायः मागी विवाह गर्ने प्रचलन हुन्छ । अभिभावकसँग सरसल्लाह गरेर विवाहको तयारीमा जुट्ने गर्छ । यो समुदायमा अधिकांश केटीहरूले मन पराएको खण्डमा अभिभावकले अस्वीकार गर्ने चलन हुँदैनन् । यो समुदायमा पनि केटाको पक्ष केटी माग्न जाने गर्छन् । केटी माग्न जाँदा केटा पक्षले ‘पाहुर’ अनिवार्य रूपमा लगेर जानु पर्छ ।
पाहुरमा मह, मासु, मिठो खाने कुरा लगेर केटीको अभिभावकलाई खुसी पर्न सके विवाह हुने निश्चित जस्तै हुन्छ । राउटे समुदायमा केटा पक्षले लगेको पाहुर अथवा कोसेली केटी पक्षले स्वीकार गरेको खण्डमा छोरी दिनु पर्ने प्रचलन हुन्छ । विवाहमा यो समुदायमा पनि गरगहना दिने चलन हुन्छ ।
राउटेहरूले सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले बेहुली सिँगारिन्छ । केटाकेटीले आपसमा मन पराएपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ । भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन् ।
विवाह पश्चात् उनीहरू स्वागरातको लागि सकेसम्म नयाँ छाप्रो बनाऊँ छन् । छाप्रो नबनेको खण्डमा जङ्गलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छन् । परिवारले नै केही दिन रमाइलो गर्न भनेर खुल्ला छोडिदिन्छन् । त्यो समयमा परिवार र मुखियाले पनि केही काम लगाउँदैनन् ।
यो समुदायमा युवतीहरूले फुपूका छोरासँग विवाह गर्छन् । मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ । मन परेकी केटी देखेपछि ११, १२ वर्षकै उमेरमा पनि मायाप्रेम बस्छ । मन प¥यो भने यो मेरो हो भनेर रोजेर राख्नुपर्छ । एउटाले रोजिसकेकीलाई अरूले हेर्न नपाउने प्रचलन छ । रोज्नेले मात्रै विवाह गर्न पाउँछन् । जेकोमध्ये एक जनाको मृत्यु भए कतिपय जीवनभर बिधवारबिदुर भएर बस्ने गर्छन् । यो समुदायमा महिलाको सङ्ख्या थोरै छन् । त्यसैले पाका पुरुषले कलिलो उमेरको युवतीसँग विवाह गर्ने चलन हुन्छ ।
नयाँपेजबाट
No comments:
Post a Comment