केश झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । व्यस्त प्रोफेसनलहरूका लागि पार्लर गएर ट्रिटमेन्ट गराउने समय नहुन सक्छ । यहाँ केही घरेलु उपायहरु छन जसले केश झर्ने समस्यालाइ रोकथाम गर्दछ ।
– मह, ओलिभ आयल तथा दालचिनीको धूलो मिसाइएको पेस्ट हप्तामा दुईपटक लगाउने । यो पेस्टलाई १५ मिनेट राखेपछि सफा पानीले पखाल्ने । यसले केश बढाउन समेत मद्दत गर्छ ।
– सुख्खा मेहन्दीको पातलाई तोरी, बदाम तथा नरिवलको तेलमा भिजाउने । त्यसलाई मखमलीको सफा कपडामा राखेर छान्ने । त्यही मनतातो तेलद्वारा हेयर मसाज गर्ने । यसले चायाँको समस्या समाधान गर्नुका साथै केश झर्नसमेत रोक्छ ।
– मेथीको पेस्ट टाउकोमा लगाउँदा केश जरैदेखि बलियो हुन्छ ।
– प्याजको जुसले केशको जरामा मसाज गर्दा केश बलियो हुन्छ भने अण्डाको सेतो भागमा ओनियन जुस मिसाइएको पेस्ट लगाई १५ देखि २० मिनेट छोडेर चिसो पानीले केश पखाल्ने । यसले केश मुलायम एवं चम्किलो बनाउनुका साथै केशलाई भित्रैदेखि मजबुत बनाउँछ ।
साभार: नारी
Linebet et Kyle Snyder: Excellence et Leadership dans le Monde du Sport
-
Kyle Snyder : Repoussant les Limites Comme Jamais Déjà une figure
emblématique de l’histoire de la lutte aux États-Unis, Kyle Snyder continue
de redéfini...
8 months ago
No comments:
Post a Comment