केश झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । व्यस्त प्रोफेसनलहरूका लागि पार्लर गएर ट्रिटमेन्ट गराउने समय नहुन सक्छ । यहाँ केही घरेलु उपायहरु छन जसले केश झर्ने समस्यालाइ रोकथाम गर्दछ ।
– मह, ओलिभ आयल तथा दालचिनीको धूलो मिसाइएको पेस्ट हप्तामा दुईपटक लगाउने । यो पेस्टलाई १५ मिनेट राखेपछि सफा पानीले पखाल्ने । यसले केश बढाउन समेत मद्दत गर्छ ।
– सुख्खा मेहन्दीको पातलाई तोरी, बदाम तथा नरिवलको तेलमा भिजाउने । त्यसलाई मखमलीको सफा कपडामा राखेर छान्ने । त्यही मनतातो तेलद्वारा हेयर मसाज गर्ने । यसले चायाँको समस्या समाधान गर्नुका साथै केश झर्नसमेत रोक्छ ।
– मेथीको पेस्ट टाउकोमा लगाउँदा केश जरैदेखि बलियो हुन्छ ।
– प्याजको जुसले केशको जरामा मसाज गर्दा केश बलियो हुन्छ भने अण्डाको सेतो भागमा ओनियन जुस मिसाइएको पेस्ट लगाई १५ देखि २० मिनेट छोडेर चिसो पानीले केश पखाल्ने । यसले केश मुलायम एवं चम्किलो बनाउनुका साथै केशलाई भित्रैदेखि मजबुत बनाउँछ ।
साभार: नारी
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago





No comments:
Post a Comment