गोरेले स्वीकारे सुन तस्करी, ओकले थप प्रहरी र व्यापारीको नाम - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

गोरेले स्वीकारे सुन तस्करी, ओकले थप प्रहरी र व्यापारीको नाम

Share This
काठमाडौं, ८ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ ले सुन तस्करी काण्डकाबारे नयाँ रहस्य
ओकलेका छन् ।

मंगलबार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने क्रममा उनले सुन तस्करीको थप रहस्य खोलेपछि सुन तस्करी काण्ड नयाँ मोडमा पुगेको छ । उनले आफूले सुन तस्करी गर्ने गरेको स्वीकारेका छन् । छानबिन समितिसँगको बयानमा गोरेले आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका हुन् ।

तर, आफू मुख्य तस्कर नभई मुख्य व्यवस्थापक भएको उनले दावी गरेका छन् । स्रोतका अनुसार गोरेले लगानी गर्ने व्यापारीहरु तथा सहयोग गर्ने प्रहरीहरुको पनि नाम लिएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका सहसचिव ईश्वरराज पौडेलले गोरे पक्राउ परेपछि थप तथ्यहरु खुलेको र त्यससँगै अनुसन्धानले थप गति लिने बताएका छन् ।

गोरेले प्रहरी र विमानस्थलका कर्मचारीलाई पैसा दिएको समेत स्वीकारेका छन् । उनले आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाएको स्रोत बताउँछ । यसअघि डायरीमा लेखेर पैसा बाँडिएका प्रहरीलाई मात्र छानबिन समितिले डाकेर बयान लिएको थियो । उनीसँग धेरै प्रहरी अधिकारीहरुको फोन सम्पर्क देखिएकाले अब उनीहरुतर्फ पनि अनुसन्धान अघि बढ्ने स्रोत बताउँछ । त्यस्तै, तस्करीमा लगानी गर्ने र संरक्षण गर्ने समूहमाथि पनि छानबिन समितिले अनुसन्धान अघि बढाउने भएको छ । जसमा केही नेताहरु समेत तानिन सक्ने समितिका एक अधिकारी बताउँछन् ।

छानबिन समितिसँग गोरेले सेटिङ मिलाएरै आफूले सुन तस्करी गरेको स्वीकार गरे पनि अदालतमा उनले के बयान दिन्छन् त्यसले महत्व राख्ने अनुसन्धानमा रहेकाहरुको भनाई छ । प्रहरी अधिकारीहरुलाई आफूले पैसा दिएको बयान दिएमा पक्राउ परेका प्रहरी अधिकारीहरु समेत जेल जाने सम्भावना देखिएको छ ।

सनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय किलो सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई आजै प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको जनाइएको छ । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको थियो । गोरेलाई सार्वजनिक गरे लगत्तै आजै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages