पूर्व डिआइजी र एसएसपी लोहनीसहित २८ जना जेल चलान - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

पूर्व डिआइजी र एसएसपी लोहनीसहित २८ जना जेल चलान

Share This
काठमाडौं, ८ जेठ । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकामध्ये एसएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
मंगलबार थुनछेक बहस सकिएपछि मोरङ जिल्ला अदालतले यस्तो आदेश दिएको हो । पुर्पक्षका लागि जेल चलान हुनेमा नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, भुजुङ गुरुङ, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत छन् । फरार रहेका एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान अमरबहादुर थापा मगर साधारण तारेखमा रिहा भएका छन् भने खत्रीकै अर्का चालक विष्णु खड्का १५ हजार धरौटीमा रिहा भएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages