भक्तपुरलाई ३ नंबर प्रदेशको राजधानी बनाउन लिखित प्रस्तव दर्ता - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

भक्तपुरलाई ३ नंबर प्रदेशको राजधानी बनाउन लिखित प्रस्तव दर्ता

Share This
प्रदेश नंबर ३ को राजधानी भक्तपुरलाई बनाउनको लागि प्रदेशसभा सचिवालयमा आज प्रस्तव दर्ता भएको छ । प्रदेश नम्बर तीनको स्थायी राजधानी भक्तपुर बनाउन प्रस्ताव गर्दै सोमबार प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव दर्ता भएको हो ।
नेकपा एमालेका प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुर राजधानी बनाउन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव भरत बुढाथोकीले बताए । ‘आज दिउँसो प्रस्ताव दर्ता भएको छ’, उनले भने, ‘यो विषयलाई कहिले प्रदेशसभा बैठकमा एजेण्डा लैजाने माननीय सभामुख ज्यूले भने अनुसार हुन्छ ।’
प्रदेशसभा सदस्यद्वयले भक्तपुरलाई राजधानी बनाउन १० आधारसहित प्रस्ताव दर्ता गरेका हुन् । यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई राजधानी बनाउन प्रस्ताव दर्ता गरिसकेका छन् ।
तर सरकारले भने तत्कालै राजधानीको विषयलाई प्रदेशसभामा नलैजाने स्रोतले बताएको छ । तर हेटौंडा सहित चार स्थानमा प्रदेश स्थानीय राजधानीको बारेमा प्रदेशसभामा छलफल र मतदान हुने भएपछि हेटौंडाबाट सर्ने सम्भावना भने न्युन रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages