पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बर - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बर

Share This
पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणकाक्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामासमेत दोब्बरले बढोत्तरी गरेको छ ।
पाँच वर्षयता उक्त दूतावासले वर्षेनि प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत् जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिअन्तर्गत् छैटौं वर्षको छात्रवृत्ति प्रदान कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान साँस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशमशेर जबराले संयुक्तरुपमा छात्रवृत्ति रकम प्रदान गरे ।
सोअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित ४० जिल्लाका सामुदायिक एवं केही निजी विद्यालयका २५० विद्यार्थीले जनही रु १० हजार पाएका छन् ।दोलखा, ओखलढुंगा, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, लमजुङ, सोलुखुम्बु, पाल्पा, धादिङ, पर्वत, तनहुँ, स्याङ्जा, धनकुटा, सप्तरी, सर्लाही, सुर्खेत, बर्दिया, कैलाली, डडेल्धुरा, रुकुम दार्चुलालगायत जिल्लाका छात्रछात्रलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
त्यसअवसरमा सचिव बरालले नेपालमा मानव संशाधन विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानबाट निरन्तर सहायता प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान अवधारणा प्रस्तुत् गर्दै आएका बताए ।
राजदूत जाबेदले पाकिस्तान–नेपाल सम्बन्धलाई थप प्रगाढ तुल्याउने महत्वपूर्ण माध्यमकारुपमा शैक्षिक उन्नयन एवं छात्रवृत्ति हो भन्दै सरकारी निर्णयअनुरुप आगामी वर्षदेखि छात्रवृत्ति सिट र संख्या शतप्रतिशतले वृद्धि गरिएको बताए । रासस

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages