पत्रपत्रिकाहरु पनि ओलीविरुद्ध लेख्न डराए: शेरबहादुर देउवा - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

पत्रपत्रिकाहरु पनि ओलीविरुद्ध लेख्न डराए: शेरबहादुर देउवा

Share This

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेको आरोप लगाएका छन् । पत्रपत्रिकाहरु पनि ओलीविरुद्ध लेख्न डराएको उनको दाबी छ । कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले देउवाले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान, राजश्व सबै विभागहरु आफ्नो मातहतमा लगिसकेका छन् । यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको सुरुवात गर्ने प्रयास भइरहेको छ ।’


आरोप प्रत्यारोप गर्ने क्रम छोडेर एकदलीय सार्वसत्तावादविरुद्ध एकजुट हुन आहृवान गरेका छन् । उनले भने, सारा पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके । अब हामीले सर्वसात्तावादी कम्युनिष्ट शासनको खिलापमा लडेर नेपाललाई पूर्णप्रजातान्त्रिक देश बनाउनुपर्छ ।’

देउवाले आगामी निर्वाचनशमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न पनि निर्देशन दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages