बैशाख ३, हेटौँडा, नेपाल तरुण दलको ३ नम्बर क्षेत्रीय प्रशिक्षण आज बैशाख ३ र ४ गते हेटौँडामा हुने भएको छ ।प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तरुण दल मकवानपुरले जनाएको छ ।
देश संघीय संरचनामा गएपछि तरुण दलले पहिलो पटक क्षेत्रीय प्रशिक्षण गर्न लागेको हो ।कार्यक्रममा केन्द्रीय नेताहरु बालकृष्ण खाँड, नविन्द्रराज जोशी, गगन थापा, प्रकाशशरण महत, रामशरण महत, धनराज गुरुङ लगायतको सहभागिता रहने जनाईएको छ ।
प्रशिक्षण कार्यक्रममा ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रतिनिधिहरु गरी २ सय जना भन्दा बढिको सहभागिता रहने नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकले जानकारी दिए ।
अस्थायी रुपमा रहेको प्रदेशको राजधानी स्थायी रुपमा कायम गर्न पनि कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको पाठकले जनाए ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago







No comments:
Post a Comment