मकवानपुरमा नेपाल टेलिकमको निशुल्क बिद्यार्थी अफर 4G सिमकार्ड बितरण शुरु - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

मकवानपुरमा नेपाल टेलिकमको निशुल्क बिद्यार्थी अफर 4G सिमकार्ड बितरण शुरु

Share This
नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट मकवानपुर जिल्लामा वितरण गरिदैछ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर अन्तरगत बैशाख ३ गतेदेखी असार मसान्त सम्म सिमकार्ड उपलब्ध गराउने भएको हो । सिमकार्ड बितरणको लागि नेपाल टेलिकम हेटौंडाको कार्यालयमा निशुल्क सिमकार्ड बितरण सचिवालय सञ्चालन गरिएको छ । जसअन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँको टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइनेछ । अफरमा थप विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा महिनाको ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराइने छ । यो सुविधाको उपभोग गर्ने अवधि ७ दिनको हुनेछ । एसईई परीक्षा दिएका विद्यार्थीले यो अफर अन्तर्गतको सिम लिन विद्यालयको परिचयपत्र वा परीक्षाको प्रवेशपत्र, फोटो र अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । त्यसैगरी उच्च मावि वा माथिल्लो तहका विद्यार्थीले आफ्नो वा अभिभावकको नागरिकता, आफ्नो फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । यो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा बढीको रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइनेछ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages