मकवानपुरमा रहेका ७ वटा यातायात व्यवसायी संघहरुले संयुक्त आन्दोलन परिचालन कमिटि गठन गरेका छन् । नारायणी यातायात व्यवसायी संघको कार्यालय हेटौँडामा बसेको बैठकले यातायात व्यवसायीले थालेको आन्दोलनलाई सशक्त बनाउन भन्दै कमिटि गठन गरेका हुन् । बैठकले नारायणी यातायात व्यवसायी संघको संयोजकत्वमा कमिटि गठन गरेको छ । बैठकले अन्य संघका अध्यक्ष र महासचिव सचिवालय सदस्य र कार्यसमिति सदस्य रहने निर्णय गरेको छ ।
बैठकमा नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, मध्यमाञ्चल पेट्रोलीयम ढुवानी व्यवसायी संघ, मकवानपुर पेट्रोलियम डिलर्स एशोसियसन, मध्यमाञ्चल यातायात व्यवसायी संघ र नेपाल ई–रिक्सा व्यवसायी संघ, मनहरी लोकल ढुवानी व्यवसायी संघ रहेका छन् । शुक्रबार ३ नम्बर प्रदेशका मूख्यमन्त्रीलाई ज्ञापनत्र बुझाउने कार्यक्रम तय भएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago






No comments:
Post a Comment