दीपक मनाङे जेल चलान - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

दीपक मनाङे जेल चलान

Share This
७ वैशाख, गुन्डा नाइके राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई डिल्लीबजार कारागार जलान गर्न आदेश दिएको हो ।
बिहीबार साँझ पक्राउ परेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो । उनी स्वयम्भूबाट पक्राउ परेका थिए ।

प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो हतियार प्रहार गरी बायाँ हात छिनाली दिएको घटनामा पुनरावेदन अदालत, पाटनबाट पाँच वर्ष कैद सजाय हुने गरी फैसला भएको थियो । उक्त फैसलालाई सदर गर्ने गरी सर्वोच्च अदालतसमेतबाट फैसला भई उक्त मुद्दा अन्तिम किनारा लागिसकेको छ ।

मनाङेको खोजीका लागि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचारसमेत गरेको थियो । गत मंसिर १० गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा मनाङबाट निर्वाचित मनाङे सर्वाेच्चको निर्णयपछि फरार रहेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages