ईन्टरनेटबाट कमाएको पैसा आफ्नै हातमा कसरी पाउने - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

ईन्टरनेटबाट कमाएको पैसा आफ्नै हातमा कसरी पाउने

Share This
यसअघि नै मैले अनलाईनबाट पैसा कमाउन सकिने साईटहरुका बारेमा केहि पोस्टहरु लेखिसकेको छु । तरपनि ति र तेस्तै अन्य साईटहरुमा जम्मा भएको पैसा आफूले कसरी पाउने भन्नेबारेमा धेरैले जिज्ञासा राख्नुभएको छ । त्यसैले यो पोस्ट लेख्दैछु ।


के ईन्टरनेटबाट पैसा कमाउन सम्भव छ ?


पक्कै पनि ! तपाई चाहानुहुन्छ भने ईन्टरनेटबाट पैसा कमाउनका लागि धेरै अवसरहरु छन् । एउटा कुरा सबैले याद राख्नुपर्छ कि तपाईहामी कसैलाई पनि केहि काम नगरी कसैले पैसा दिदैँन । तर फरक यति छ हामीले बाहिर गर्ने कामभन्दा ईन्टरनेटमा गर्ने काम केहि सजिलो र कसैको दवावमा नरहि आफ्नै फुर्सदको समयमा गर्न सकिन्छ । ब्लगिङ, एफिलिएट मार्केटिङ, अनलाईन सर्भे, फ्रिल्यान्सिङ आदिबाट तुलनात्मक रुपमा धेरै आम्दानी गर्न सकिन्छ भने कुनै अनुभव र विशेष ज्ञानबिना नै वेबसाईट भिजिट वा क्लिक गरेर, फेसबुक पेज लाईक गरेर, ट्विटर एकाउन्ट फलो गरेर, ईमेल पढेर, वा अन्य साना र सजिला काम (जस्तै: कुनै साईटमा साईन अप गरेर, कतै कमेन्ट गरेर, कुनैमा साथिलाई रिफर गरेर, कुनैमा लिँक प्रचार गरेर ) आदिबाट पनि दिनहुँ केहि डलरसम्म कमाउन सकिन्छ ।
हुनत कयौँ व्यक्तिहरु ईन्टरनेट चलाएरै सम्पन्न भएका छन, तर हामी चाहिं यहाँ धनी बन्ने भन्दापनि फुर्सदको समयको सदुपयोग गरेर केहि आम्दानी गर्ने उपाएहरुबारे कुरा गर्नेछौँ ।


तर... विचार पुर्याउनुस् !!


मुख्य कुरा त तपाईले सुरु गर्नुभन्दा अगाडि कुन साईटले तपाईलाई पैसा दिन्छ कुनले दिदैँन भनेर राम्रोसगँ छुट्टाउन सक्नुपर्छ । हामीमाझ त्यस्ता धेरै त्यस्ता साईटहरु छन जुन झट्ट हेर्दा सहि लाग्छन तर जब तिनिहरुबाट पैसा निकाल्ने समय आउँछ तब बल्ल हामिले आफू ठगिएको महसुस गर्छौ । त्यसैले सहि साईट र कार्यक्रमको छनोट गर्न सकेमा मात्र आफ्नो समय र मेहेनत खेर जानबाट जोगाउन सकिन्छ ।


पैसा त कमाईयो... तर कसरी पाउने त्यो पैसा ??


अब लागौँ मुख्य विषयतिर, विभिन्न साईटमा पैसा कमाउन त सकिन्छ तर आफ्नै हातमा पाउन चाहिँ के गर्ने ?
धेरै साईटहरुले न्यूनतम लिमिट पुगेपछि आफ्ना प्रयोगकर्ताहरुलाई पैसा पठाउन प्रयोग गर्ने मुख्य माध्यम भनेका Paypal, Payza, Moneybookers आदि ईत्यादि अनलाईनमा पैसाको कारोबार गर्ने (Online Payment Processor) साईटहरु हुन् । यि साईटहरुले बैँक को जस्तो काम गर्छन् , जसलाई आफ्नो वास्तविक बैँक एकाउन्टसगँ कनेक्ट गरी जम्मा भएको पैसा सिधै पाउन सकिन्छ ।
अरुको तुलनामा Paypal लाई नै विश्वभर सर्बाधिक लोकप्रिय, अत्याधिक प्रयोग गरिने र विश्वाशिलो मानिन्छ । तर हामी नेपालीको बिडम्बना नै भन्नुपर्छ Paypal लाई नेपाली बैँकमा कनेक्ट गर्न सकिँदैन । नेपालबाट हामिले एकाउन्ट बनाउन त सक्छौँ तर त्यसमा अन्य Paypal एकाउन्टबाट पैसा पाउन सक्दैनौँ जबकि आफ्नो एकाउन्टमा ब्यालेन्स छ भने अरुलाई पठाउन मात्र सक्छौँ ।
त्यसैले नेपालजस्तै मुलुकका लागि Payza लाई Paypal को राम्रो विकल्पका रुपमा लिईन्छ । Payza लाई नेपालका केहि बैँकहरुका एकाउन्टमा कनेक्ट गरी सिधै कारोबार पनि गर्न सकिने जनाईएको छ ।


नेपालमा हुनुहुन्छ ??


नेपालमा Paypal Verify गर्न नमिल्ने तथा Payza को पनि सिमित र केहि अप्ठ्यारो प्रक्रिया भएको हुनाले मैले पनि भेरिफाई नगरिएकै एकाउन्टहरुबाट कारोबार गर्दै आएको छु र त्यसकै बारेमा यहाँ लेख्दै छु ।
सबैभन्दा पहिले तपाईको कुनै विश्वाशिलो साथी वा नातेदार विदेशमा हुनुहुन्छ भने उहाँलाई यस्ता साईटहरु (Paypal, Payza) बारे जानकारी छ कि छैन बुझ्नुहोस् , प्राय अमेरिका / क्यानडा / यूरोप तिर हुनुभएकाहरु धेरैले Paypal को प्रयोग गर्नुहुन्छ । नेपालबाट अरु देश छानेर एकाउन्ट बनाउन खोज्दा जुनसुकै बेला एकाउन्ट ब्लक हुन सक्ने भएकोले पहिले तपाईको नाममा Paypal एकाउन्ट खोल्न लगाउनुहोस् (Payza को एकाउन्ट चाहिँ नेपालबाटै खोल्न सकिन्छ) । उहाँहरु स्वंमको भेरिफाईड एकाउन्ट छ भने त झनै सजिलो, छैन रैछ भने पनि कि त खोल्न लगाउनुस् वा अर्को कुनै भेरिफाईड एकाउन्ट भएको व्यक्तिसगँ सम्पर्क गर्नुहोस् ।
जब तपाईले काम गरेका बेवसाईटबाट पैसा लिने बेला हुन्छ तब आफ्नो लागि बनाईएको Paypal/Payza एकाउन्टको ईमेल आईडि दिनुहोस् । अब तपाईको तपाईले पैसा संकलन गर्दै जानुस् । जब आफूलाई आवश्यकता पर्छ, उक्त व्यक्तिको भेरिफाईड एकाउन्टमा पठाईदिनुस् , उसले उक्त रकम आफ्नो बैँक एकाउन्टमा पाउँछ । त्यो रकम विभिन्न रेमिट वा मनि ट्रान्फरबाट तपाईलाई पठाउन भन्नुहोस् ।
यसबाहेक तपाईले आफ्नै Paypal/Payza एकाउन्टमा जम्मा भएको पैसालाई सिधै अन्य काममा पनि प्रयोग गर्न सक्नुहुन्छ, जस्तै: अनलाईनमा मोवाईलको रिचार्ज पिन किन्न, आफ्नो साईटको लागि डोमेन किन्न तथा होस्टिङ गराउन, ईन्टरनेटबाट Ebook तथा सफ्टवेयरहरु किन्न आदि ईत्यादि ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages