पादको बारेमा २५ रोचक तथ्यहरु - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

पादको बारेमा २५ रोचक तथ्यहरु

Share This

पाद्नु एक सामान्य कुरा हो, हामी सबैले पाद पाद्छौँ । तर यसको बारेमा कुरा गर्न परे हामीलाई अफ्ट्यारो महशुस हुन्छ, कुनै कुनै व्यक्तिहरु त अझ केटी मान्छेले त पाद्दै पाद्दैन भनेर सोच्ने सम्म गर्दछन, केटा केटी सबैले पादने गर्दछन । कोहि आवाज निकालेर पाद्दछन्, कोहि पादलाई रोकेर पनि राख्ने गर्दछन भने कोहि कोहि सकेसम्म कसैले थाहा नपाओस भनेर आवाज ननिकाली पादने गर्दछन । आउनुहोस यहि पाद सम्बन्धि केहि रोचक तथ्यहरुको जानकारी लिनुहोस् ।

  1. पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।
  2. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।
  3. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।
  4. पादमा 59% नाइट्रोज़न, 21% हाइड्रोज़न, 9% कार्बनडाइअक्साइड, 7% मिथेन, 3% अक्सिजन तथा 1% अन्य तत्वहरु मिसिएको हुन्छ ।
  5. पाद्नु स्वास्थ्यको लागी राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।
  6. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।
  7. अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।
  8. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
  9. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दबिश्वास थियो ।
  10. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
  11. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
  12. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलै संग निभाउन सकिन्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।
  13. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउछ ।
  14. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ उक्त पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।
  15. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।
  16. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।
  17. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।
  18. हाम्रो पादलाई रहेको १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
  19. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।
  20. चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।
  21. तपाइको पादै पादले भरिएको च्याम्बरमा तपाइलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।
  22. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।
  23. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।
  24. पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्दछ ।
  25. कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages