म्याग्दी/मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्राथमिकतामा परेको मुक्तिनाथ मन्दिरको दर्शनलाई लिएर मन्दिर दुलहीजस्तै सिंगारिएको छ । जोमसोमदेखि मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म सरसफाईसहित विभिन्न पूर्वाधार विस्तार गरिएको छ ।
मन्दिर आसपासका क्षेत्रमा नेपालीसहित भारतीय सुरक्षाकर्मीको समेत उपस्थिति छ । भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भब्य र सभ्य बनाउन सरकारी निकाय र स्थानीयबासी उत्तिकै सक्रियता देखिन्छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा चलिरहेको बेला मुक्तिनाथलाई भारतीय तीर्थालुले नेपालमा दर्शन नगरी अपुरो हुने विश्वासका साथ प्रसिद्ध मुक्तिनाथ मन्दिरमा आउने गरेका छन् ।
नेपालका चार धाममध्ये एक मुक्तिनाथ मन्दिरमा वर्षेनि भारतका विभिन्न प्रदेशबाट ठूलो संख्यामा दर्शनका लागि आउने गरेको तथ्याङ्कले देखाउँछ ।
भारतका विभिन्न धार्मिकस्थलको दर्शन गरी भारतमा रहेका हिन्दू धर्मालम्बीहरुको जीवनमा एकपटक पुग्नैपर्ने तीर्थस्थलमा मुक्तिनाथ पर्न थालेपछि वर्षेनि २० हजारको हाराहारीमा धार्मिक पर्यटक मुक्तिनाथमा पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको तथ्याङ्कमा देखिन्छ । ‘नेपालबाहेक सार्क राष्ट्रमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतबाट भित्रिन्छन् । मुक्तिनाथ मन्दिरबाटै फर्किनेको संख्या अत्याधिक छ,’ एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए ।
उनका अनुसार भारतका विभिन्न प्रदेशबाट सामूहिकरूपमा भित्रिने भारतीय तीर्थयात्रीको संख्या रहेक वर्ष वृद्धि भएको बताउँदै भारतमा मुक्तिनाथको ब्यापक प्रचार रहेको बताए । ‘भारतका चार धाम घुमेर आएपनि मुक्तिनाथ नपुगी फर्किए मनोकामना पूरा नहुने मान्यता छ । भारतीय पर्यटकले पर्यटनको क्षेत्रमा ठूलै सहयोग पुगेको छ,’ दाहालले भने ।
उनका अनुसार भारतीय तीर्थयात्री बेनी–जोमसोम सडकखण्ड हुँदै धेरै आउने गरेको बताए । त्यस्तै पोखराबाट हवाई मार्गको प्रयोग गरेर आउने भारतीयले मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ आसपासका होटल तथा धर्मशालमा रात विताउँछन् ।
पछिल्लो सात वर्षको तथ्याङ्कमा सन् २०१७ मा सबैभन्दा धेरै २४ हजार ८८८ भारतीयले भ्रमण गरेका छन् । ‘मन्दिरमा आउने भारतीयमा बालबालिकादेखि वृद्धवृद्धासम्म हुन्छन् । भारतमा मुक्तिनाथ मन्दिरलाई सरकारी निकायबाट पनि राम्रो सहयोग छ,’ मन्दिरका पुजारी कृष्णप्रसाद सुबेदीले भने ।
हिन्दू धर्मालम्बी रहेका भारतमा विभिन्न प्रदेशमा मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीयलाई यातायातसहितका सुविधासमेत रहेको छ । नेपालका लागि भारतीय दूतावासबाट मुक्तिनाथ दर्शनका लागि आउने आफ्ना नागरिकको सुरक्षासहित आवासको सुविधालाई मध्यनजर गरी मुक्तिनाथ क्षेत्रमै सुविधासम्पन्न धर्मशाला बनाइदिएको छ ।
मुक्तिनाथमा धर्मशाला, खानेपानी र कागबेनीमा नदी कटान नियन्त्रणका लागि बनाइएको तटबन्धनमा भारतीय लगानी रहेको गाउँपालिकाका अध्यक्ष धारा गुरूङले बताए । ‘धार्मिक पर्यटकले मुक्तिनाथको महत्व विश्वभरि फैलिएको छ,‘ भारतीय प्रधानमन्त्रीको भ्रमणबाट अत्याधिक संख्यामा भारतीयको भ्रमण हुने अपेक्षा गरिएको छ,’ उनले भने ।
मुक्तिनाथ भगवान् विष्णुको नाम हो । विष्णु, लक्ष्मीनारायण र भूदेवीका मूर्ती रहेको मन्दिरमा हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रूपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका पूजारी र बौद्धका भुमाले आफ्नो परम्परा अनुसार पूजा र रेखदेख गर्ने प्रचलन छ । भारतीय भक्तजनले मन्दिरमा सुनसहित बहुमुल्य धातु दान गर्ने गर्छन् ।
समुन्द्री सतहदेखि करिब ३ हजार ७ सय १० मिटर उचाईमा अवस्थित मन्दिरको उत्तरपूर्वी भूभागमा ज्यालामाई मन्दिरभित्र धिपधिप बलिरहेको ज्योती हेर्न सकिन्छ ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago






No comments:
Post a Comment