ओलीको उत्तराधिकारी बन्ने कि तेस्रो गुट चलाउने: माधव नेपालका विकल्प - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

ओलीको उत्तराधिकारी बन्ने कि तेस्रो गुट चलाउने: माधव नेपालका विकल्प

Share This
७ जेठ, काठमाडौं । ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ । पानीभित्र हाइड्रोजन छुट्याउन सकिँदैन । नेपाल कम्युनिष्ट पार्टीमा पनि न त्यहाँ एमाले छ, न त्यहाँ माओवादी छ । त्यो त अर्कै कम्पाउण्ड बनिसक्यो । हामी सबैले आत्मसाथ गर्न जरुरी छ,’ पार्टी एकता कार्यक्रममा प्रचण्डले भनेका थिए ।
कृषि विज्ञान पढेका पूर्वशिक्षक प्रचण्डले भनेजस्तै पानीबाट हाइड्रोजन र अक्सिजन छुट्याउन सकिँदैन । तर, पार्टी एकता गरेका तत्कालीन एमाले र माओवादी हाइड्रोजन र अक्सिजन बन्छन् कि पूर्वएमाले र पूर्वमाओवादी रहिरहन्छन् वा केपी ओली, प्रचण्ड, माधवकुमार नेपालको आआफ्नो समूह बन्छ हेर्न बाँकी छ ।
‘बिचार समूह’का नाममा गुट चलाउने नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको पुरानै समस्या हो । यसमा नेकपाका नेताहरु अछुत छैनन् । तत्कालीन एमालेमा लामो समय विपक्षी गुट चलाएका ओली, गुटकै टेकोबाट पार्टीको मूल राजनीतिमा स्थापित भएका हुन् । ओली नेतृत्वमा आएपछि माधवकुमार नेपालले पनि गुट चलाएकै छन् ।
तत्कालीन माओवादी केन्द्रमा त झन् धेरै गुट थिए । तीनै नेताहरु मिलेर बसेको नेकपामा कति ध्रुव हुन्छन् ? यो प्रश्न उठ्न थालेको छ । हुन त नेकपामा कति गुट बन्छन् भन्ने छर्लङ्ग हुन एक-डेढ वर्षको अभ्यास नहेरी भन्न कठीन छ ।
तर, नेकपामा केपी ओली र प्रचण्डका दुई गुट चल्ने पक्का छ । किनकी दुईटा अध्यक्ष राखेर त्यसलाई बैधानिक बाटो नै दिइएको छ । यद्यपि दुवै गुटमा पूर्वएमाले र पूर्वमाओवादी धाराका केही नेताहरु मिसमास हुने नेताहरु बताउँछन् ।

त्यसो भए माधव नेपाल के गर्छन् ? नेकपामा तेस्रो ‘विचार समूह’ वा गुटको अभ्यास गर्छन् ?

नेताहरुका अनुसार पूर्वप्रधानमन्त्री नेपाल संकटमा छन् । पार्टी एकतापछि यो झन् बढेको छ ।

ओलीको उत्तराधिकारी र कि गुटको नेता ?

तत्कालीन एमाले-माओवादीको एकता प्रक्रियामा बेलाबेला अन्यौल देखियो, त्यसको मुख्य कारण थियो प्रचण्डको व्यवस्थापन । सरकारको नेतृत्व आलोपालो गर्ने भनेर त भद्र सहमति नै छ तर, प्रचण्ड शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व पनि गर्न चाहन्छन् ।
उनले पार्टी एकताअघि नै महाधिवेशनपछि आफू अध्यक्ष हुने पक्का गर्न चाहेको बताइन्छ । तर, एमाले नेताहरुले महाधिवेशनपछि अध्यक्ष हुने सुनिश्चित गर्न नसकिने बताइरहे ।
३ जेठमा एकाएक दुई नेता पार्टी एकीकरणमा सहमत हुनु र विष्णु पौडेललाई सचिवालयमा थपेर महासचिव बनाइनुले धेरै नेताको मनमा झस्का पसेको छ । आगामी महाधिवेशनपछि प्रचण्ड अध्यक्ष बन्ने कुरामा ओलीले सहमति जनाएका हुन् ? यो प्रश्नको जवाफ नेकपाका शीर्ष नेताहरुको तहमै उठिरहेको छ ।
ओली आगामी महाधिवेशनमा अध्यक्षको प्रत्यासी नबन्ने र यो कार्यकालपछि प्रधानमन्त्री पनि नबन्ने कुरामा प्रचण्ड र माधव नेपाल दुवै  विश्वस्त छन् । उसो भए नेकपाको अध्यक्ष माधव नेपाल कि प्रचण्ड ? भन्ने प्रश्न पनि छ ।
स्रोतका अनुसार ओलीले प्रचण्ड र माधवकुमार नेपाल दुबैलाई ‘तपाईं नै हो अध्यक्ष’ भनेका छन् ।

माधव नेपालका विकल्प ?

ओली भने नेताद्वय प्रचण्ड र माधव नेपाल दुवैलाई विश्वासमा लिएरै अघि बढ्न खोजेका छन् । ओली निकट नेता तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले एकता महाधिवेशनमार्फत ओली सर्वोच्च नेताको भूमिकामा रहन चाहेको संकेत गरे
त्यसैले पछिल्लो समय नेता नेपाल अध्यक्ष ओलीसँग दुरी घटाउनेतिर लागेको देखिन्छ । किनकी नेकपामा ओली र माधव नेपाल एक ठाउँमा हुनासाथ पार्टीमा उनीहरु बलियो हुनेछन् । संख्या, शक्ति र पहलका आधारमा ओलीले नेतृत्व गरेको गुट बलियो बन्ने पनि पूर्व अन्दाज लगाउन सकिन्छ ।
एक नेता भन्छन्, ‘माधव नेपालसँग ओलीको उत्तराधिकारी हुने कि आफ्नै गुट चलाउने विकल्प छ ।’ तर, दुवै विकल्प नेपालका लागि ‘रिस्क गेम’ नै हुन् ।
माधवकुमार नेपालका लागि तेस्रो विकल्प हो,  प्रचण्डसँग मिलेर एउटै गुट चलाउने । तर, यो झन् सजिलो छैन । किनकी महत्वकांक्षी नेताका रुपमा रहेका प्रचण्ड माधवकुमार नेपाललाई नेता मानेर गुटमा आउने कल्पना गर्न सकिँदैन ।
अध्यक्ष बन्नका लागि नेपाल प्रचण्डको गुटमा गएर पनि सम्भव छैन । किनकी प्रचण्डको अबको दाउ नै एकता महाधिवेशनपछि एकल अध्यक्ष बन्ने र एकपटक सिंगो कम्युनिस्ट आन्दोलनको कमाण्ड गर्ने उनको तीव्र चाहना लुकेको छैन ।
नेताहरुका अनुसार नेता नेपाल अहिले पहिलो विकल्प केपी ओलीको उत्तराधिकारी बन्ने प्रयासमा लागेको देखिन्छ । ओलीले नेपाललाई आश्वस्त पार्न हरसम्भव प्रयास गरेकै छन् । स्थायी कमिटीमा नेपाल निकटका रघुजी पन्त र वेदुराम भुसालको पदोन्नति गर्न ओली सहमत हुनु त्यसको बलियो प्रमाण हो ।
नेपालसँग वर्षौंदेखि सानिध्यमा रहेका एक नेताले भने, ‘माधव नेपाल अहिले केपी ओलीसँगै हुनुहुन्छ । पछिल्लो समय सबै निर्णय उहाँहरुबीच सल्लाह भएरै हुने गरेका छन् । अहिले ओली र माधव नेपाल एकै पोलमा हुन्छन् ।’

मिल्दा पनि जोखिम ?

तर, माधव नेपाललाई ओलीको उत्तराधिकारी बन्न सजिलो छैन । ओली समूहमा उनी सर्वस्वीकार्य बन्न सहज छैन । उनीसँगै पूर्वगुटका धेरै सदस्य नजान सक्छन् । ओलीसँग नेपालको मिलेमतोबाट उसैपनि ईश्वर पोखरेल भड्किरहेका छन् ।
तत्कालिन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई साथ दिएकोमा माधव नेपालसँग सहमत छैनन् । ज्ञवालीले त सोमबार दाङमा पुगेर फेरि पनि ओलीले नै अध्यक्ष दाबी गर्न सक्ने अभिव्यक्ति दिइसकेका छन् ।
तत्कालिन एमालेका बरिष्ठ नेता झलनाथ खनालले भने ओली र माधव नेपालविरुद्ध उभिने प्रष्ट संकेत गरिसकेका छन् । उनले अब नेकपाको नेतृत्व प्रचण्डले गर्ने बताउँदै आफ्नो समर्थन उनलाई हुने संकेत समेत दिइसकेका छन्
नेपालका कतिपय निकट सहयोगीले पनि ओलीसँग पूरै भर नपर्न उनलाई सुझाव दिइरहेका छन् । किनकी ओलीसँग यस्ता नेताहरुको टिम छ कि, उनीहरु आफ्नो राजनीतिक करिअरमा तलमाथि हुने हिसाब किताब गरेरमात्र ओलीलाई निर्णायक बनाउन चाहन्छन् ।
कतिपय नेताले भने माधव नेपालको स्वभाव र रुचिअनुसार नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डबीच आवश्यक परेका बेला समन्व्यकर्ताको भूमिका खेल्न सक्ने बताउँछन् । त्यसो गर्दा उनले न ओलीभन्दा बाहिर रहेर गुट चलाउन सक्छन् न त प्रचण्डको प्रतिस्पर्धीका रुपमा गतिविधि गर्न सक्छन् ।
नेकपाका अध्यक्ष ओली भने नेताद्वय प्रचण्ड र माधव नेपाल दुवैलाई विश्वासमा लिएरै अघि बढ्न खोजेका छन् । ओली निकट नेता तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले एकता महाधिवेशनमार्फत ओली सर्वोच्च नेताको भूमिकामा रहन चाहेको संकेत गरे ।
झलनाथको समर्थन प्रचण्डलाई

अब नेकपामा नेताका नाममा गुट चल्छन् कि चल्दैनन् ? नेकपाको केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीले पूर्णता पाइसक्दा धेरै कुराको संकेत गर्नेछ ।

तत्कालिन एमालेका बरिष्ठ नेता झलनाथ खनालले भने ओली र माधव नेपालविरुद्ध उभिने प्रष्ट संकेत गरिसकेका छन् । उनले अब नेकपाको नेतृत्व प्रचण्डले गर्ने बताउँदै आफ्नो समर्थन उनलाई हुने संकेत समेत दिइसकेका छन् ।
तत्कालिन एमालेका केही नेताहरुले प्रचण्डलाई साथ दिने आश्वासन पनि दिएका छन् । तर, उनीहरुको साथ प्रचण्डलाई चलखेल गर्न होइन, पार्टीमा ओलीबाट पेलान खाएकाहरुलाई संरक्षण गर्ने शर्तमा मात्र हो
खनालको यो अभिव्यक्ति बरियता खोसिँदाको प्रतिक्रिया मात्र हो कि, सुविचारित ढंगले आएको हो भन्ने चाहिँ केही समय थिगि्रन दिनुपर्छ । तर उनले अनौपचारिक कुराकानीहरुमा पनि प्रचण्डमा नेकपाको नेतृत्व गर्ने क्षमता र सबैलाई मिलाउने खुबी रहेको बताएका छन् ।
माधव नेपाल गुटभित्र घनश्याम भुसाल र योगेश भट्टराईहरुको आफ्नै बलियो समूह थियो । उनीहरु पनि प्रचण्डतिर जान्छन् कि ओली-नेपालमा रहन्छन् हेर्न बाँकी छ ।

प्रचण्डलाई सशर्त सहयोग ?

तत्कालिन एमालेका केही नेताहरुले प्रचण्डलाई साथ दिने आश्वासन पनि दिएका छन् । तर, उनीहरुको साथ प्रचण्डलाई चलखेल गर्न होइन, पार्टीमा ओलीबाट पेलान खाएकाहरुलाई संरक्षण गर्ने शर्तमा मात्र हो । एक पूर्व एमाले नेताले भने-प्रचण्ड कुनै न कुनै प्रयोग नगरी बस्नै नसक्ने अस्थिर नेता छन् । उनले हाम्रो टाउको गनेर ४० प्रतिशत शक्ति देखाउँदै ओलीसँग बार्गेनिङ गर्न खोज्छन् भने हामी उनको सहयोगी बन्दैनौं । कुनैपनि बेला पार्टी फुटाउने संख्या पुर्‍याइदिन हाम्रो साथ हुँदैन ।
हुन त प्रचण्डले बामदेवबाट पनि साथ पाउने आशा राखेका छन्, यसमा विष्णु पौडेल फ्याक्टरले काम गर्न सक्छ । यद्यपि ओली र प्रचण्डसँगै माधव नेपालको समेत साथ पाएर महासचिव पौडेल अहिले दुवै अध्यक्षको विश्वासमा रहेर पार्टी संगठन चलाउन चाहन्छन् ।
बामदेव गौतम तत्काल ओलीसँगै रहेर आफ्नो सरोकार पूरा गर्ने पक्षमा छन् । मन्त्रिपरिषद र केन्द्रीय कमिटीमा बामदेवले भनेका मान्छेलाई ओलीले व्यवस्थापन गरिरहेका छन् ।
प्रचण्डले तत्कालिन एमालेभित्र झलनाथ खनाल-माधव नेपाल समूह कसरी संगठित हुन्छ त्यस आधारमा गुट निर्माण गर्न सक्छन् । ओली र नेपाल मिलेपछि ‘दमनमा परियो’ भनिरहेका भीम रावललगायतका नेतालाई आफ्नो छहारीमा लिन खोजिरहेका छन् खनाल । तर, ईश्वर पोखरेल, भीम रावल लगायतका नेता प्रचण्डको गुटमा गइहाल्ने सम्भावना देखिँदैन ।
तत्कालिन एमालेका एक पदाधिकारीले भने, ‘पार्टीभित्र कतिपय मुद्दामा प्रचण्डलाई साथ दिनसक्छौं । त्यसअघि हामी आफैं संगठित हुन आवश्यक छ । तर, प्रचण्डलाई हाम्रो समर्थन सशर्त हुन्छ, उनलाई बलियो बनाउनका लागि सहयोगी बन्न जाँदैनौं ।’

प्रचण्ड तत्कालीन एमालेभित्रका अन्तरविरोधमा खेलेर ओलीलाई कमजोर बनाउन लाग्छन् कि ओलीको विश्वासमै रहेर एकता महाधिवेशनबाट उनकै समर्थनमा अध्यक्ष बन्ने बाटो रोज्छन् ?

 यो सबैभन्दा रोचक प्रतिक्षाको विषय हुनेछ । किनकी अब नेकपाका अध्यक्ष जो बने पनि ओलीको समर्थनविना सम्भव छैन ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages