भारतमा पक्राउ परेका भनिएका सुन तस्करीका नाइके चुँडामणि उप्रेती ‘गोरे’ भारतमा नभई काठमाडौंको गौरीघाटबाट पक्राउ परेको रहस्य खुलेको छ ।
सुन तस्करी र सनम हत्याको मुख्य नाइके गोरेलाई गृह मन्त्रालयको विशेष छानबिन समिति अन्तर्गत खटिएको प्रहरीको टोलीले बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिइएको छ । समितिले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गी गोरेलाई पनि सार्वजनिक गरेको छ । समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनका अनुसार गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको छ ।
सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । प्रहरीले मुख्य अभियुक्त भनिएका चुँडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह खडा गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।
गोरे : भारतीय भगौडा सेनादेखि सुन तस्करको नाइकेसम्म
प्रहरीका उच्च अधिकारीदेखि हाइप्रोफाइल व्यापारीहरूसँगको साँठगाँठमा चार वर्षमा सुन तस्करीको साम्राज्य चलाइरहेका व्यक्ति चुँडामणि उप्रेती ‘गोरे’ हुन् । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी छानबिन गर्न सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा गठन गरेको समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवम् फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको रहस्य खुलिसकेको छ ।
जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ । सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ । उनीहरूविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ ।
पाँच वर्षको अवधिमा ३७ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्र्याउने योजनाका मुख्य नाइके भनिएका गोरेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गरेर अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेको थियो । ‘गोरे’ अवकाशप्राप्त नेपाल प्रहरीका पूर्व असई नेत्र उप्रेतीका जेठा छोरा हुन् । उनी ‘रुपेश’ नामले समेत परिचित छन् । मोरङको साविक इटहरा (हाल रतुवामाई नगरपालिका) बाट २०५० सालतिर उर्लाबारी बसाई सरेका नेत्रले आफ्ना दुई छोरा गोरे र रमेशलाई स्थानीय सरस्वती माविमा भर्ना गरेका थिए ।
गोरेले बीचैमा पढाइ छोडेर भारतीय सेनामा चार वर्ष जागिर खाए । त्यसपछि ३६ वर्षीय गोरे वैदेशिक रोजगारीका लागि दुबई पुगे । त्यतिबेलासम्म उर्लाबारी– ७ स्थित पशुपति मार्गमा उनको २ तले घर मात्र थियो । सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडांैको गौरीघाटमा बस्न थाले । नजिकबाट चिन्नेहरू भन्छन्—त्यसपछि उनको हैसियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए ।
वैदेशिक रोजगारीबाट कुस्त पैसा कमाएकाले आर्थिक हैसियत फेरिएको भनिएका गोरेको आर्थिक समृद्धिको रहस्य अहिले आएर उदाङ्गो भएको छ । दुबई गए लगत्तै उनको भेटघाट सुन तस्करहरूसँग भयो । गोरे सुन तस्करीको भरियाका रूपमा उनले तस्करीको क्षेत्रमा प्रवेश गरेका हुन् । ‘चतुर’ गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए । उनी भाइ रमेश उप्रेतीलाई दुबईमा राखेर आफू नेपाल बसी कारोबार विस्तार गर्न सक्रिय भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनले आफ्नो कारोबारलाई संगठित रूपमा अघि बढाउँदै गएका थिए । उनले प्रहरीसँग ‘मामा’को साइनो लगाई सेटिङ मिलाउने गरेका थिए । निज (गोरे) ले उसको सम्पर्कमा रहेका प्रहरी कर्मचारीहरूलाई मामा भनी सम्बोधन गर्ने र मलाई समेत निजले मामा भनी सम्बोधन गर्ने गरेको थियो–सुन तस्करीकाण्डमा मुछिएका नेपाल प्रहरीका सई बालकृष्ण सन्जेलले आफ्नो बयानमा उल्लेख गरेका छन् ।
गोरेका बारेमा जानकारी राख्ने एक युवाका अनुसार पाँच वर्ष दुबई बसेर उनी त्यहींबाट सुन पठाउने र हुन्डीको कारोबार गर्ने धन्दामा संलग्न हुन थालेका थिए । त्यसपछि उनी नेपाल फर्किएर दुबई, सिंगापुर, थाइल्याण्ड आदि मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँदेखि भारतसम्म सप्लाई गर्ने धन्दामा सक्रिय रहेको अर्का एक प्रहरी अधिकारी बताउँछन् । पहिले दुबईमै बसेर सुन पठाउने काम गरेको पाइयो, घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने—पछि उ, आफैं नेपाल फर्किएर कारोबारीका रूपमा सुन तस्करी गर्न थालेको पत्ता लागेको छ । ‘सुन तस्करीका कारण गोरेका लागि नेपाल र दुबई उनको पानी पँधेरो जस्तै देखियो, अनुसन्धानमा संलग्न एक अधिकारीले भने–उनी एक साता नेपाल बसे भने दुई साताभन्दा बढी दुबई बस्थे ।
कुस्त सम्पत्ति कमाएपछि गोरेले आफना बुबा नेत्र तथा आमा बिनादेवीलाई काठमाडौं सिफ्ट गराएका थिए । करिब सात–आठ वर्षदेखि गोरेका आमा–बुबा र गोरे बेला–बेला उर्लाबारी आएर बस्ने गरेका थिए । पहिले बस्दै आएको उर्लाबारीको दुईतले सानो पक्की घर उनीहरूले भाडामा लगाएका छन् । गोरेले काठमाडौंमा चार तले घर बनाएको चर्चा उर्लाबारीमा चलिसकेको थियो ।
त्यसैले गोरे अवैध काम गर्छन् कि भन्ने शंका कतिपयलाई थियो । गोरे शुरु–शुरुमा दुबईबाट नेपाल फर्कनेहरूको हातमा थोरै–थोरै सुन पठाउँथे । शुरुमा उनले विदेशबाट घर फर्कने नेपालीहरूलाई केही रकम दिएर एक–दुई तोला सुन पठाए, उनलाई नजिकबाट चिन्ने एक व्यक्ति भन्छन्–पछि उनले २०–३० तोला सुन पठाउन थाले । भारतीय सुन व्यापारीहरूसँग कनेक्सन जोडिएपछि गोरेले एयरपोर्टका कर्मचारीदेखि प्रहरीसम्म सेटिङ मिलाएर सुन तस्करी गर्न थालेको जानकार स्रोत बताउँछ ।
Linebet et Kyle Snyder: Excellence et Leadership dans le Monde du Sport
-
Kyle Snyder : Repoussant les Limites Comme Jamais Déjà une figure
emblématique de l’histoire de la lutte aux États-Unis, Kyle Snyder continue
de redéfini...
8 months ago
No comments:
Post a Comment