कुरा मिल्यो, एमाले र माओवादीबिच एकता, चुनाव चिन्ह सूर्य, २९९ सदस्यीय केन्द्रीय समिति - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

कुरा मिल्यो, एमाले र माओवादीबिच एकता, चुनाव चिन्ह सूर्य, २९९ सदस्यीय केन्द्रीय समिति

Share This
२० वैशाख, काठमाडौं । पटक पटक सर्दै आएको एमाले र माओवादीबिच एकता हुने निश्चि भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डबीच पार्टी एकतामा सहमति जुटेको हो । पार्टी पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्नेछ ।
ओली र प्रचण्डबीच बिहीबार भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा, चुनाव चिहृनबारे सहमति जुटेको हो ।
आज भएको भेटपछि एकताको आधारहरु तय भएको हो ।
स्रोतका अनुसार चुनाव चिहृन सूर्य नै हुने भएको छ ।
२९९ सदस्यीय केन्द्रीय समितिमा दुबै पार्टीको झण्डै बराबर हुनेछ । ‘केही संख्या एमालेको बढी हुन्छ’ एक नेताले भने ।
वैचारिक तथा सांगठनिक प्रतिवेदनमा केही संशोधन गर्नुपर्ने भए गरेर भएपनि अन्तिम टुंगो लगाउने दुई अध्यक्षको सहमति छ । श्रोतको अनुसार जेठको पहिलो हप्तामानै एमाले र माओवादी केन्द्रबिच एकता हुनेगरि मिति घोषणाको तयारी गरिएको छ । यसका लागि सम्भव भए २३ र नभए २४ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाइनेछ ।
यो बैठकले नै पार्टी एकता घोषणाको मिति तय गर्नेछ । स्रोतले भन्यो, ‘सम्भवत जेठ पहिलो सातातिर एकता घोषणा गर्छौं ।’
जेठ १५ गते हुने नीति तथा कार्यक्रम अघिनै पार्टी एकता हुने जनाईएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages