गोरेको बयान- एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

गोरेको बयान- एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ

Share This
सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार विहान काठमाडौं-८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ । लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।

सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बया
न लिएको थियो । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् ।गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

फेरि सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानविन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।

पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाए ।
खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, उनका ड्राइभर र अंगरक्षक धरौटीमा छुटे ।

बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् । उनको डायरीमा उल्लेखित विवरण अनुसारको रकम पूर्व डिआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल लगायतलाई दिएको स्वीकारेका हुन् ।
बयानका क्रममा उनी निकै त्रसित देखिन्थे’, गृह मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई भने, ‘कहिले रुँदै मलाई हान्दिनु भन्थे त कहिले हाँस्ने गर्थें ।दिनमा ८६ केजीसम्म सुन भित्र्याएका छौं । यत्रो सुनमा लगानी गर्ने मेरो हैसियत पनि छैन। लगानीकर्ता मोहन हुन्, अरु उनैले चिन्छन्। 

गोरेल बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिशन लिने भएको बताएका छन् । दिनमा ८६ केजीसम्म सुन भित्र्याएका छौं । यत्रो सुनमा लगानी गर्ने मेरो हैसियत पनि छैन’, उनले दिएको बयानलाई उदृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मेरो पनि लगानी हुँदै नहुने चाहिँ होइन । अलिअलि पैसा कमाएको थिएँ । कहिले काहीँ थोरै परिमाण आफैं पनि ल्याउँथे । उनले लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । साथै, केही भारतीय पनि रहेको तर, उनीहरुसँग समन्वय अग्रवालले गर्ने गरेको उनको दाबी छ ।

‘सुन हराएपछि मलाई दबाब थियो । त्यसैले सुन खोजीमा व्यापक रुपमा लागेका हौं’, उनले भनेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages