पौडेल र शर्मा बने सारथि एकताका - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

728x90_v5
demo-image

पौडेल र शर्मा बने सारथि एकताका

Share This
जेठ ५,६ दशकदेखि गुटफुटमा रुमल्लिएको कम्युनिस्ट आन्दोलन ‘ब्रेक’ गर्दै ठूला दुई वाम दल एमाले र माओवादी केन्द्रले ३ जेठमा पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन्।

एकीकरणलाई एकीकृत पार्टीले कम्युनिस्ट आन्दोलनको पुनर्गठनका रूपमा अथ्र्याएका छन् । यहाँसम्म पुग्न भने झन्डै १४ वर्ष लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पौडेल र शर्मा बने सारथि

एकताका लागि सुरुवातमा वामदेव गौतम र जनार्दन शर्माले जिम्मेवारी पाएका थिए । पछि वामदेव गौतम एकताको छलफलमा सहभागी हुँदा अविश्वास बढ्दै गएपछि विष्णु पौडेललाई अघि सारिएको थियो । त्यसपछि एकताका एमालेबाट ओलीनिकट विष्णु पौडेल र माओवादीबाट जनार्दन शर्र्माले जिम्मेवारी पाएका थिए। 

एकतामा सक्रिय विष्णु पौडेल नेपाल कम्युनिस्ट पार्टीको महासचिवको महत्वपूर्ण जिम्मेवारी पाएका छन् । करिब दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली कम्युनिस्ट पार्टीमा पौडेलले पोर्टफोलियोमा अघि रहेका तीन उपाध्यक्ष, महासचिव ईश्वर पोखरेल, समकक्षी घनश्याम भुसाल, संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पछि पार्दै संगठनभित्र पकड रहने महासचिव पदको जिम्मेवारी पाएका हुन्।
Comment Using!!

No comments:

Post a Comment

Post Bottom Ad

Pages