नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुको केन्द्रीय कार्यालय अवलोकन - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुको केन्द्रीय कार्यालय अवलोकन

Share This
काठमाडौँ, ४ जेठ/ पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले आज तत्कालीन नेकपा (एमाले) को धूम्रबाराहीस्थित र तत्कालीन नेकपा (माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ ।

एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्नेबारेमा अध्ययन र अवलोकनपछि निर्णय गर्ने तयारीका साथ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ती कार्यालय निरीक्षण गर्नुभएको थियो । धूम्रबाराही कार्यालयमा अध्यक्ष ओलीले दाहाल र पेरिसडाँडाको कार्यालयमा अध्यक्ष दाहालले ओलीलाई स्वागत गर्नुभए
को थियो । एमाले र केन्द्रबीच बिहीबार एकता भएका थियो । दुवै अध्यक्षले ती कार्यालयमा अनौपचारिकरुपमा बहाली गर्नुभयो ।
दुवै कार्यालयका पदाधिकारी कक्ष, विभाग र सभाकक्षको उहाँहरुले अवलोकन गर्नुभएको थियो । सो अवसरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालयका अधिकांश सदस्य सहभागी हुनुहुन्थ्यो । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कार्यालयको अवलोकनपछि कार्यालयबारे निर्णय गरिने जानकारी दिनुभयो ।

यसैबीच नेकपा (मसाल)ले दुई पार्टीको एकतालाई सकारात्मक ठान्दै आफ्ना प्रतिबद्धतामा अडिग रहन नेकपालाई सुझाव दिएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी समृद्धि र सामाजिक न्यायका लागि काम गर्न सुझाव दिनुभएको हो । रासस

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages