एलोपेथिक पद्दतिबाट उपचार सम्भव नभएपछि बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटाको आयुर्वेदिक पद्दतिबाट उपचार थालिएको छ। यस सम्बन्धी जानकारी डा देबकोटाले राष्ट्रपति विद्यादेबी भण्डारीलाई समेत गराएका छन्।
राष्ट्रपति भण्डारी शनिबार बिहान डा देबकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन्। त्यसक्रममा डा देबकोटाले भण्डारीसँग भनेका थिए, ‘नेपाल आएपछि आयुर्वेदिक औषधिपनि प्रयोग गर्न थालेको छु।’
जानकारी अनुसार, न्यूरो अस्पतालका अलावा डा देबकोटाले अहिले आयुर्वेदिक डाक्टर ऋषिराम कोइरालाको सल्लाहमा आयुर्वेदिक पद्दतिबाट उपचार गराइरहेका छन्। डा कोइराला सिंहदरबार बैद्यखानाका पूर्व प्रमुख हुन्।
आधुनिक चिकित्सापद्दतिका चर्चित र सिद्धहस्त चिकित्सक भएपनि डा देबकोटा परिवारको आयुर्वेदसँग पुरानो सम्बन्ध छ। डा देबकोटाका पिता स्व होमनाथ देबकोटा आयुर्वेदका प्रसिद्ध डाक्टर थिए।
बेलायतबाट फर्केपछि आफ्नो स्वास्थ्यमा निकै सुधार भएको जानकारी पनि उनले राष्ट्रपति भण्डारीलाई दिएका थिए। राष्ट्रपति भण्डारीसँग उनले भनेका थिए, ‘बेलायतमामा छँदा हरेश खाएको थिएँ, यहाँ आएपछि उत्साहित भएको छु।’
स्वास्थ्यलाभको कामना गर्दै आफूलाई भेट्न आउनेहरुसँग डा आफूलाई कुनै रोग नै नलागेको जसरी प्रस्तुत हुने गरेका छन्। क्यान्सरसँग जुधिरहेका उनले उच्च आत्मबल देखेर भेट्न जानेहरुपनि छक्क पर्ने गरेका छन्।नेपाल खबर
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago






No comments:
Post a Comment