सन् २६०० सम्म आगोको गोलो बन्नेछ पृथ्वी: स्टिफन हकिङ - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

सन् २६०० सम्म आगोको गोलो बन्नेछ पृथ्वी: स्टिफन हकिङ

Share This
 ब्ल्याकहोल, सापेक्षता तथा बिगब्याङ सिद्धान्त विश्वलाई उपहार दिएका चर्चित वैज्ञानिक
स्टिफन हकिङले मृत्युअघि पनि पृथ्वी ध्वस्त हुने एउटा महत्वपूर्ण र अद्भूत सिद्धान्त दिएका खुलासा भएको छ । खासमा हकिङ विश्व नै ध्वस्त हुने भविष्यवाणीलाई लिएर एक सिद्धान्तमा काम गरिरहेका थिए । आफ्नो मृत्युको केवल २ हप्ताअघि मात्र उनले यो सिद्धान्तलाई पूरा गरेका हुन् । स्टिफन हकिङको निधन २०१८ मार्च १४ मा भएको थियो ।

ब्रिटेनको एक अखबार सण्डे टाइम्समा छापिएको एक रिपोर्टअनुसार स्टीफन हकिङ एक गणितीय सिद्धान्त(म्याथमेटिकल थ्योरी)को मुख्य लेखक थिए । यसमा उनले मल्टीवर्स नामक एक सिद्धान्तलाई प्रमाणित गर्ने गरी काम गरिरहेका थिए । यो सिद्धान्त हाम्रो विश्वको अलावा अन्य विश्व पनि छ भन्ने विश्वासमा आधारित थियो । यो सिद्धान्तमा उनको साथमा बेल्जियमका केयू लुवेन विश्वविद्यालयका प्रोफेसर थोमस हेरटाङले समेत काम गरिरहेका थिए ।

बिस्तारै अँध्यारोतर्फ बढ्नेछ विश्व

हकिङको फाइनल वर्कको नाम ‘अ स्मूद एक्जिट फ्रम इटर्नल इन्फ्लेक्सन’ हो । एक लिडिङ साइन्टिफिक जर्नलले यसको रिभ्यू गरिरहेको छ । हकिङले यसमा भविष्यवाणी गरेका छन् कि कसरी ताराहरुको शक्ति खत्तम भएसँगै हाम्रो पृथ्वी अँध्यारोतर्फ अगाडि बढ्नेछ ।

हकिङ र हेरटाङले अन्य विश्व पत्ता लगाउनका लागि वैज्ञानिकहरुबाट स्पेस शिप्समार्फत अन्तरिक्ष खोज गर्ने प्रस्ताव समेत राखेका थिए । उनीहरुले भनेका थिए कि यो खोजबाट मानिसले आफ्नो विश्वलाई अझ राम्रो ढंगले बुझ्ने छन् । योभन्दा बाहिर के छ यसलाई राम्ररी बुझ्न सक्नेछन् तथा ब्रम्हाण्डमा हाम्रो स्थान के छ यो समेत राम्ररी बुझ्न सक्नेछन् ।

२६०० सम्म आगोको गोलो बन्नेछ पृथ्वी

हेरटाङले सण्डे टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भनेका छन् कि हकिङले पहिला नै यो भविष्यवाणी गरिसकेका छन् कि सन् २६०० सम्म पृथ्वी एक निकै ठूलो आगोको गोलोमा परिणत हुनेछ । त्यसबेला मानिसले कि त अन्य कुनै ग्रहमा गएर बस्नुपर्ने हुन्छ, या त आफ्नो अन्तको चूपचाप सामना गर्नुपर्ने हुन्छ ।

एलियन्सलाई सुन्न प्रोजेक्ट

दोश्रो ग्रहमा बस्ने प्राणी(एलियन्स)लाई सुन्नका लागि हाइपावरवाला कम्प्युटरको प्रयोगलाई लिएर एक प्रोजेक्टको लञ्चिङका लागि हकिङले २०१५ मा रुसका अर्बपति यूरी मिलनेरसँग हात मिलाएका थिए । ब्रेकथ्रू इनिसिएटिभ्सको नामबाट चर्चित यो प्रोजेक्ट क्यालिफोर्निया विश्वविद्यालयको एक वैज्ञानिक खोज समेत हो । यो अन्तर्गत कम्प्युटरको माध्यमबाट आकाशको स्क्यानिङ गरी अन्य ग्रहमा जीवनका खोजी गरिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages