धरान–चतरा बैकल्पिक लोकमार्गको ३५ प्रतिशित काम सकियो - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

धरान–चतरा बैकल्पिक लोकमार्गको ३५ प्रतिशित काम सकियो

Share This
निर्माणधीन धरान–चतरा–गाईघाट कटारी हुँदै सिन्धुली–हेटाैँडा जोड्ने बैकल्पिक लोकमार्गको ३५ प्रतिशित काम सकिएको छ। आयोजनको कार्यालयका अनुसार पूर्वी खण्डको ३५ प्रतिशतभन्दा बढी काम सकिएको हो।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको उक्त लोकमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेश विन्दु श्रेष्ठले बताए। ‘हालसम्म भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘सडक विस्तार हुने सिन्धुली क्षेत्रमा मुआब्जा निर्धारण भइसकेको छ, घरटहराका कारणले काम रोकिने अवस्था अव छैन।’
०७३ कात्तिक २२ मा जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरले सात अर्व ३६ करोड ९९ लाख ८४ हजार रुपैयाँमा सडक निर्माणको सम्झौता गरेको हो। सम्झौताअनसार ०७६ कात्तिकभित्र सम्पन्न गरिसक्नु पर्नेछ। ठेकेदार कम्पनीले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र बजारदेखि सिन्धुलीको भिमानसम्म १३४ किलो मिटर सडकमा ११ मिटर फर्मेशन चौडाइ भएको कालोपत्रे सडक निर्माण गर्नुपर्ने गरी सम्भौतामा उल्लेख छ।
आयोजनाको विभिन्न स्थानमा सडकको सबग्रेड, सबवेस, होमपाइम, स्लाभ कल्भर्ट, मेसिनरी वाल लगायतका काम भइरहेको निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरका डिपुटी कन्ट्याक्ट मेनेजर सीताराम दाहालले बताए।
आयोजनाले सडक विस्तार हुने क्षेत्रको अवरोध हटाउँदै गएपछि कामले तीव्रता पाएको हो। घरटहराहरुको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्ण हुने स्थानहरुमा हुने विवाद मिलेपछि निमार्णको कार्यले द्रुत रुप लिएको हो।
तीन जिल्लामा ४३ वटा पुल
०७३ कात्तिक २४ कम कोभेक रसुवा तुदीँ जोइन्ट भेन्चरले तीन अर्ब ८५ करोड ९० लाख ३५ हजार रुपैयाँमा ४३ वटा पुल निर्माण गर्ने जिम्मा लिएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सक्ने गरी काम सुरु गरेको पुलको ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजना कार्यालयले दावी गरेको छ। सुनसरीमा तीन, उदयपुरमा १३ वटा र सिन्धुलीमा १६ वटा पुल निर्माण गर्नुपर्नेछ।
कम्पनीले ०७६ साल कात्तिकभित्र निर्माण सक्ने लक्ष्य लिएको छ। चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र बजारदेखि सिन्धुलीको भिमानसम्म १३४ किलो मिटर सडकमा पर्ने खोलानालमा ४३ वटा पुल निमार्णको काम एक साथ अघि बढेको अयोजना प्रमुख उमेश विन्द श्रेष्ठले जानकारी दिए।
४३ वटामध्ये तीमध्ये ३२ वटा पुल निर्माणाधीन अवस्थमा रहेको कम्पनीले जनाएको छ। बाँकी १० वटा पुलको काम बर्खायाम सकिएपछि सुरु गर्ने र एउटा पुलको डिजाइन हुन बाँकी रहेको कम्पनीका इन्जिनियर सुदर्शन देवकोटाले बताए। उनका अनुसार निर्माण कार्यमा कुनै अवरोध नभए तोकिएकै समयमा निर्माण सम्पन्न हुनेछ। सिन्धुलीको भिमानदेखि हेटौठासम्म ७६ वटा पुल निर्माणको ठेक्का भने जेटआईइसी अन्क लुम्बिनी जेसीले पाएको छ।
३१८ किमीमा दुई लेन
यस मार्ग ११ मिटर चौडाको सडक दुई लेनको हुनेछ। यस मार्ग भित्री मधेस, चुरे, शिवालिक तथा दून उपत्यकालाई यातायात सञ्जालमा जोड्दै पूर्वमा धरान पुगेर टुंगिन्छ। सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको छ। उदयपुरको बसाहाको वीरेन्द्रचौकदेखि सिन्धुलीको भिमानसम्मको १३५ किमी पूर्वी र भिमानदेखि हेटौंडासम्मको ११५ किमी सडकलाई पश्चिमी खण्डको रूपमा विभाजन गरिएको आयोजनाको कार्यालयले जानकारी दिएको छ।
सरकारी लगानीमा निर्माण भइरहेको यस सडक सम्पन्न गर्न करिब २२ अर्ब रुपैयाँ लाग्नेछ। यो सडक सुनसरीमा १८.८, उदयपुरमा १०८.५, सिन्धुलीमा १३५ र मकवानपुर जिल्लामा ४९.३५ किमी पर्छ। अहिलेसम्म सडकको करिब १८ किमी कालोपत्रे, ११० किमी ग्राभेल छ भने बाँकी सडक धुले अवस्थामा छ। यो सडकमा बीपी राजमार्गले १८ किमी भेटेको छ। बसाहदेखि धरानसम्म ४८ किमी नडाहा–रुपनगर सडक आयोजनाले पनि जोडेको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages