बिज्ञहरुले प्रमाणित गरेको हेटौडा राजधानिको लागि उपयुक्त छ भन्दै जन सरोकार केन्द्र मकवानपुरले गरायो ध्यानाकर्षणपत्र दर्ता - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

बिज्ञहरुले प्रमाणित गरेको हेटौडा राजधानिको लागि उपयुक्त छ भन्दै जन सरोकार केन्द्र मकवानपुरले गरायो ध्यानाकर्षणपत्र दर्ता

Share This
राष्ट्रपति कार्यालय र तीन प्रदेश सभामा प्रतितिनिधित्व गर्ने राजनितिक पार्टीहरुको केन्द्रिय कार्यालयमा हेटौडा राजधानि उपयुक्त हो भन्दै ध्यानाकर्षणपत्र दर्ता गरियो ।
तीन न.प्रदेशको राजधानी सम्बन्धमा जन सरोकार केन्द्र मकवानपुरको नेतृत्वमा राष्ट्रपतिको कार्यालय र तीन प्रदेश सभामा प्रतितिनिधित्व गर्ने राजनितिक पार्टीहरुको केन्द्रिय कार्यालयमा यही बैशाख ३०,र ३१ गते ध्यानाकर्षणपत्र दर्ता गरिएको छ ।
तीन न. प्रदेशको राजधानि हेटौंडा उपयुक्त छ भन्ने व्यानर र पम्प्लेट सहित को राष्ट्रपति कार्यालय, नेपाल मजदुर किशान पार्टीको कार्यालय,नेकपा माओबादी केन्द्रको को कार्यालय, हुदै नेकपा एमाले, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नया शक्ति पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका पार्टीको केन्द्रिय कार्यलयमा पुगेका थिए ।

राजनितिक पाटीहरुलाइ दिएको ध्यानाकर्षणपत्रमा निम्न कुरा उल्लेख छ ।
नेपालको संविधानको धारा २८८ (३) बमोजिम तोकिएको प्रदेश न. ३ को राजधानी सार्न २ तिहाई चाहिने भन्ने कुराले अहिले हेटौंडामा भएको राजधानि स्थायी नै हो भन्ने कुरा प्रष्ट छ ।
स्थायी नै रहेको ३ न.प्रदेशको राजधानि हेटौंडालाई ववादित वनाउदै, स्थायी राजधानी नतोकिएकोले डेरा कोठा खोज्न दोधारमा परियो, काम गर्न वातावरण बनेन भन्ने संविधान र कानूनमा नै नभएका कुरा राख्दै काभ्रे, भक्तपुर र नुवाकोटमा राजधानी बनाउन भनि सम्बिन्धित जिल्लाका केही सभासद ज्युहरुले प्रस्ताब दर्ता गराउनु भए पछि शुरु भएको विावद ३ न. प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति निर्माण भए संगै हेटौडाबाट राजधानी सार्ने होकी भन्ने आशंका सम्म पुगेको कुराले ३ न. प्रदेश र मकवानपुर जिल्लावासी समेतमा अन्यौलता हुन गएकोले निम्न कुराहरुका सम्वन्धमा आम नागरिकलाई जानकारि होस र यस सम्बन्धमा उचित छलफल एवं बिषय बिज्ञहरु समेतबाट अध्ययन गरेर मात्रै निचोडमा पुग्दा राम्रो हुन्छ भन्ने माग गर्दै हेटौंडाका सम्बन्धमा निम्न कुराहरु सबैलाई जानकारि होस भनि जानकारि गराउदछौ ।
प्रदेश राजधानीका लागि आवश्यक पर्ने यी कुराहरु अन्यत्र भन्दा हेटौंडामा नै सबै भन्दा राम्रो भएको कुरा बिज्ञहरुले प्रमाणित गरेका छन ।
क. खानेपानीको सबै भन्दा राम्रो स्रोत र व्यवस्था,
ख. प्राकृतिक जल निकाशको लागि १ प्रतिशत भिरोलो जग्गा चाहीनेमा सो भन्दा बढी भिरालो जग्गा,
ग. भिरोलो जमिन भएकोले ढल निकाशको लागि उपयुक्त स्थान ,
घ. जलवायु स्वच्छ र राम्रोे वातावरण भएको स्थान ।
ङ. नगर क्षेत्रमा नै दशौ हजार रोपनी सार्वजनिक खालि जग्गा जमिन भएको स्थान । साथै मुख्य बजार अहिले ससंद भवन भएको स्थानमा नै ४ सय रोपनी भन्दा बढी खाली जग्गा जमिन एउटै कम्पाउण्डमा रहेको स्थान ।
च. छिमेकी देश भारतबाट सिमा क्षेत्रहरुमा हुने गरेको गलत क्रियाकलापका बिरुद्धमा निगरानी गर्न सक्ने उपयुक्त स्थान ।
छ. केन्द्रको राजधानीलाई सुरक्षीत बनाउन पहिलो घेराको रुपमा रहने उपयुक्त स्थान
ज. सबै प्रदेशहरुलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुचहरु पुयाउन सकिने स्थान ।
झ. भौतिक पुर्वाधारहरु प्रसस्त भएको र राज्यको करोडौ लगानि भईसकेको स्थान ।
ञ. केन्द्रिय राजधानिमा सबै कुराहरु पुर्याउने लाईफलाईन रहेको बिरगंजलाई सहज बनाउन सक्ने स्थान ।
त्यसै गरि केन्द्रिय राजधानी र अन्य जिल्लाहरुलाई जोडने सडक सञ्जाल सबै भन्दा बढी रहेको स्थान हेटौडा नै हो जस्मा
क. गणेमान मार्ग र मदनभण्डारि मार्गले अहिले नै ३ घण्टामा काठमाडौबाट हेटौडा पुगि रहेको छ ।
ख. ४,५ महिनामा पुरा हुने गुणस्थरिय पिच सहितको ९० किलोमिटर २ लेनको कान्तिराजपथबाट डेड दुइ घण्टामा काठमाडौबाट हेटौडा पुगिन्छ,
ग. निर्माणधिन धरान चतरा मार्गले काभ्रेको आधा भाग, सिन्धुली, रामेछाप, दोलखा जिल्लालाई काठमाडौ भन्दा हेटौडा आउन २ घण्टा चाँडो हुन्छ ।
घ.रसुवा, गजुरी, महादेबवेसी गल्छी सडकबाट धादिङ्ग, रसुवा जिल्लालाई काठमाडौ हेटौडा पुग्न बराबर समय लाग्छ
ङ. चितवन, मकवानपुर, सिन्धुली जिल्लालाई र काभ्रेको मकवानपुरसंग जोडिएको आधा भुभाग, धादिङ्गको चितवन जोडिएको भुभागलाई हेटौडा अहिल नै नजिक पर्छ ।
च. प्रदेश सभाको प्रथमिक्तामा परेको सुरुङ्ग मार्ग बने पछि हेटौडा काठमाडौ एक डेड घण्टामा पुगिन्छ ।
छ. फाष्ट ट्रयाकबाट एक घण्टामा हेटौडाबाट काठमाडौ पुगिन्छ ।
राजधानिलाई आवश्यक पर्ने बिमान स्थलहरु हेटौडाको नजिकमा मात्रै छ जुन यस प्रकार छ ः–
क. राष्ट्रिय बिमान स्थल सिमरामा हेटौडाबाट आधा घण्टामा र चितवनमा १ घण्टामा पुगिन्छ
ख. राष्ट्रिय गौरबको रुपमा बिनिरहेको निजगढ अन्तराष्ट्रिय बिमान स्थल निजगढमा हेटौडाबाट आधा घण्टामा र काठमाडौबाट १ घण्टामा पुगिन्छ ।
तर पनि हेटौडा अपाएक भयो अनपयुक्त भयो भनेर ३ न. प्रदेश राजधानि सम्भाव्यता अध्ययन समिति गठन गरिएको छ रु यो समिति किन बनाईयो भन्ने सम्बन्धमा निम्न कुराहरुलाई गहिरिएर हेर्नु आवश्यक रहेको छ ।
३ न. प्रदेश केन्द्रिय राजधानि भित्रै पर्दछ । ३ न. प्रदेशका ११० सभासदमा काठमाडौबाट ३१ जना, ललितपुरबाट ११ जना, भक्तपुरबाट ८ जना गरि ५० जना उपत्यकाका ३ जिल्लाबाट सभासद ज्युहरु हुनुहुन्छ ।
त्यसै गरी काभे्रबाट ५ जना, नुवाकोटबाट ६ र धादिङ्गबाट ५ जना सभासद ज्युहरु समेत काठमाडौमा भए सरह नजिक हुनुहुन्छ । त्यसैगरि अन्य जिल्लाका प्रायजसो सभासद ज्युहरुको घर वा कोठा पनि काठमाडौमा रहेको पाईन्छ । प्राय सबैको परिवार काठमाडौमा नै छ । बाल बच्चाको पढाई काठमाडौमा नै छ । सभासद हुनुभन्दा पहिले देखिको बन्द व्यापार काठमाडौमा छ । चाडपर्ब उठ बस बिहानको चिया गफ देखी राती सुत्नेबेला सम्मका सबै गतिबिधिहरु काठमाडौमा नै बर्षौ देखि भई रहेको छ । सबै कुराहरुको अवसर काठमाडौ केन्द्रित छ ।
सबै पार्टीका केन्द्रिय कार्यालयहरु काठमाडौमा नै छन । केन्द्रिय नेताहरु काठमाडौमा नै बस्नु हुन्छ, पहिल्यै देखि सबै कुरा काठमाडौमा भएपछि काठमाडौ र आसपासको क्षेत्रमा राजधानी हुनु पर्दछ भन्नु हामी सबैको बर्षौदेखि रहेको हामी अभ्यस्त भएको केन्द्रिकृत मानसिकताले नै हो । हामीलाई आधा घण्टामा पुग्न सकिने नजिकको जिल्लामा जानु भन्दा ४,५ घण्टामा पुगिने काठमाडौ नै नजिक लाग्छ र लागि रहेको छ । यो हामी सबै भित्र रहेको केन्द्रिकृत मानसिकता र सबै कुराहरु काठमाडौ केन्द्रित भएकोले नै हो । यसबाट कोही अछुतो छैन यो मानसिकता सबैमा छ । त्यसैले जनतावाट निर्वाचित सभासद ज्युहरुले नै सयौ बर्ष देखि हुदै आएको केन्द्रिकृत राज्यलाई बिकेन्द्रित गर्नु पर्यो भन्ने आन्दोलनको भावनाको कदर गर्दै उपत्यका र उपत्यका आशपासको जिल्ला बाहिर बर्षमा १,२ महिना बस्न पर्दछ नयाँ ठाँउको बिकाश गर्नु पर्दछ भन्ने सोचका साथ बदलिदो व्यवस्था संगै अगाडी जानु पर्ने आवश्यक्ता रहेको कुरा सबैले मनन गर्नु भएकै छ ।
हामीले काठमाडौबाट टाढा रहेका अन्य ६ वटा प्रदेशका सभासद ज्युहरुलाई काठमाडौ आउन नै समस्या परेको कुरालाई पनि हेर्न पर्दछ । ३ न. प्रदेशका सभासद ज्युहरु हेटौडाको संसदमा भाग लिएर आफ्नो जिल्लाको काममा अहिलेकै अवस्थामा पुग्न सकेको कुरालाई पनि भुल्न हुदैन । उपत्यकाका काठमाडौ,ललितपुर भक्तपुर, र काठमाडौ संग सिमा जोडिएका काभ्र, नुवाकोट, धादिङ्ग जिल्लाको केन्द्रिय राजधानिमा नै पहुच पुगिरहेको कुरालाई पनि हामीले भुल्न हुदैन ।
६,७ महिना थोरै दुःख भए पनि अर्को ५,६ सय बर्ष सम्म स्थायी राजधानि हुन र सबै कुरा थेग्न सक्ने सबै कुरा हेटौडामा रहेको तथ्यहरुले प्रष्ट पारेको कुरालाई आफ्नो सहजताका लागि आफ्नो अधिकारको दुरुपयोग नहोस भन्ने हाम्रो आग्रह छ ।
सबै कुरा काठमाडौ र आसपासमा राख्दा देशको राजधानि नै अस्तव्यस्त भएको छ । अझ ३ न. प्रदेशका सभासदहरुकै क्षेत्राधिकार भित्र रहेको र उपत्यकालाई सहज बनाउने दायित्व पनि ३ न.प्रदेश सभासदहरुकै रहेको छ । त्यसैले एउटा नयाँ ठाँउको बिकाशको लागि र काठमाडौको सवारिको चाप, मानिसको चाप, काठमाडौको प्रदुशन नियन्त्रण गर्न उद्योग व्यापारहरुलाई काठमाडौबाट बिस्तापित गर्न र यस्ता धेरै कुराहरु हेटौडमा राजधानी भएमा मात्रै घटाउन सकिने तर काठमाडौ आसपासमा राजधानि भएमा काठमाडौ उपत्यकालाई नै सबै भार पर्ने भएकोले पनि प्रदेश न. ३ को राजधानी हेटौडा एकमात्रै बिकल्प हो भन्ने तथ्यलाई ध्यानकर्षण गराउदछौ ।
दुई तिहाईले जहिले पनि राजधानी सार्न सकिने भएकोले हेटौडाबाट राजधानी सार्न दुई तिहाई चाहिन्छ भन्नु नै हेटौडा स्थायी राजधानि हो भन्ने तथ्यलाई स्वीकार नगरि संविधान र कानून बिपरित स्थायी गर्ने र राजधानी सार्ने भन्ने प्रस्ताबहरुले कतै अस्थिरताको बिजारोपन पो हुने होकी रु स्थायी गर्ने र राजधानी सार्ने कुराबाट शरु भएको विवाद सम्हाली नसक्ने अवस्थामा पो पुग्ने हो की रु बिकाश र समृद्धिमा लगाउनु पर्ने समय विवादमै बित्ने पो होकी यस तर्फ पनि गम्भिर रुपमा सोच्नु पर्दछकी भन्ने कुरामा सबैको ध्यान जाओस भनि ध्यानाकर्षण गराउदछौ ।
यी कुरा हामी मकवानपुरका भएर मात्रै गरेका होईनौ प्राकृतिक सौन्दर्यता, भौतिक पुर्वाधार, बिसौ हजार रोपनी खालि जग्गा जमिन, सबै भन्दा बढी सडक सञ्जाल, ऐतिहासिक संयोग र समयले हेटौंडामा सबै कुरा जुटाई दिएकोले नै हेटौडामा ३ न. प्रदेश राजधानी तोकिएको हो । त्यसैले ऐतिहासिक धरोहर, प्रचानि कला र मुर्तिहरुको संग्राहालय काठमाडौ उपत्यकाको सबै खाले सुरक्षा र याहाँको अस्तव्यस्तताको न्युनिकरणका लागि एकमात्र बिकल्प हेटौडा प्रदेश न. ३ को राजधानी तोकिदा नै सम्भव भएकोले र पहिल हेटौडालाई राजधानी तोक्दा पनि विवाद नभएकामा अहिले अनावश्यक विवाद नहोस र नगरियोस भन्ने तर्फ सबै पक्षसंग बिनम्रताका साथ अनुरोध गर्दै ३ न.प्रदेशको राजधानी हेटौडामा यथावत राख्ने सम्बन्धमा हमीले गरेको यथार्त पहलमा साथ दिन अनुरोध गर्दछौ ।
ध्रुब प्रसाद चौंलागाई
संयोजक
जन सरोकार केन्द्र, मकवानपुर
२०७५।०१।३०

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages